Logo

जापानमा ब्राजिलियन बक्सरलाई ढाल्दै अबिरलले जिते उपाधि

ज्याक खड्का दस्तावेज संवाददाता,आश्विन २४ गते मंगलबार, २०७४ – टोकियो जापान नेपाली युवा किक वक्सर खेलाडी अविरल घिमिरेले ब्राजिलियन बक्सरलाई पराजित गर्दै होस्ट कप किन्गंस् नागोया फाइट डागन उपाधि जितेका छन् ।

नागोयामा भएको खेलमा १८ वर्षीय किक बक्सर अविरल घिमिरेले ब्राजिलियन बक्सर एलेन सोर्सलाई पराजित गरेका हुन् । पाँच चरणको खेलमा पाँचै खेल जित्दै उपाधि जितेका युवा बक्सर अविरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् ।

घिमिरेका पिता देव घिमिरे अन्तराष्ट्रिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् । सन् २०१६ बाट बक्सिगं खेल थालेका विजयी घिमिरेको खेल हेर्न ठुलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्