Logo

तनहुँ सेवा समाजको दशौं अधिबेशन सम्पन्न

राजेश तिमल्सिना,दस्तावेज, आश्विन १७ गते मंगलबार २०७४,दोहा– तनहुँ सेवा समाज कतारको दशौ अधिवेशन सहित विजयादशमी तथा दीपावली,छट पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सनैया स्थित रोटना होटेलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली दूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सस्थाका अध्यक्ष पदम बहादुर वि.क को सभापतित्व रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिहरूमा गैरआवसीय नेपाली सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार टि.बि,कार्की गैरआवसीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका कार्यबाहक अध्यक्ष शुर्दसन भट्ट, गैरआवसीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सल्लाहकार मुक्तदा मुसलमान प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष रामहरी गैह्रे पत्रकार महासङ्घ कतार शाखाका

अध्यक्ष गणेश प्रसाद बन्जाडे जनसम्पर्क समिति कतारका केन्द्रीय सदस्य राम सुयल, तराई मधेस मञ्च कतारका अध्यक्ष हुसेन खान जनप्रगतिशिल मंञ्च कतारका प्रतिनिधि मोहन कार्की जनप्रगतिशिल मोर्चाका प्रतिनिधि रेशम पौडेल नयाँ शक्ति कतारका प्रतिनिधि तानविर आलम सघिंय समाजवादी कतारका सहअध्यक्ष हिराधन राई,समाजसेवी केबी हमाल ,कृष्ण बराल,ईश्वर काफ्ले लगायत विभिन्न समाजिक संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

समाजको दशौ अधिवेशन बाट अध्यक्षमा केश बहादुर गुर्मछान मगरको नेत्तृत्वमा सर्बसहमतिमा नबगठित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष नारायण ढुङ्गाना,द्धितिय उपाध्यक्ष मिनराज वि.क तृतिय उपाध्यक्ष मन कुमार श्रेष्ठ महासचिव पदम गिरी सचिव सङ्गम पाण्डे कोषाध्यक्ष गणेश क्षेत्री सहकोषाध्यक्ष पदम ब.रानाभाट सदस्यहरूमा नन्दसिंह थापा, बद्रि बगाले,विकाश भुजेल,मधुराम पौडेल,रूप बहादुर वि.क सुनिल नेपाली,गोविन्द प्रसाद सुबेदी चयन भएका छन् ।

औपचारिक कार्यक्रमको सञ्चालन बलराम गैह्रे गरेका थिए । अतिथीहरु लाई स्वागत मन्तव्य रेशम तामाङ्ग ले गरेका थिए भने तनहुँ जिल्लाको पृष्ठभूमि र सस्थाको बारेमा नबराज वि.क ले प्रष्ट पार्दै प्रवासमा समाजको आवश्यकता लाई उत्जागरण गरेका थिए ।

विशेष अतिथि टि.बी कार्कीले तनहुँ समाजको प्रशंसा गर्दै आशन्न एनआरएनको आठौ विश्व सम्मेलनमा मध्यपुर्वको एकता र सहकार्यता लाई जोड दिँदै सहमतिको लागी मध्यपुर्वको प्रतिनिधित्व गर्दै आफू अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

प्रमुख अतिथि नरेद्र ज्ञवाली ले श्रमिकहरूको हितमा दूतावास सक्रिय रूपमा लागी परेको बताउँदै कतारमा स्थापित सामाजिक संघसस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै श्रमिक नेपालीहरूका समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक संस्था बाट सहयोग मिलेको भन्दै तनहुँ सेवा समाजले गरेका हरेका कार्यहरू सबैका लागी प्रेरणाको स्रोत भएको बताए ।

कार्यक्रममा संस्था लाई महत्त्वपूर्ण सहयोग गर्नेहुने करिमबख्स मियाँ रामहरी गैह्रे धन बहादुर परियार निमलाल कुमाल मुनाफ मियाँ तोयानाथ पौडेल रितकुमार श्रेष्ठ श्रीराम मल्ल लगायत कलाकार एवं सहयोगीहरु लाई सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर विभिन्न समयहरूमा राजेश तिमल्सिना(fantastic bro )र युवराज खत्रीकाे कमेडी प्रहसन,सन्दिप रानाभाटकाे हट डान्स, अनि राजन पाण्डेकाे गीत र मितेरी सास्कृतिक फिल्मका अध्यक्ष रित कुमार श्रेष्ठको `चाख्न बाकी छ´ बाेलकाे गीतले अझ माहाेल तताएकाे थियो र अन्य कलाकारहरूले विविध सांस्कृति प्रस्तुति सहित मनोरञ्जनात्मक बनाउँदै थप ऊर्जा थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्