Logo

इजरायलको रिसोन लिजियोनमा काम गर्ने नेपाली चेली इन्दिरा खड्का दुर्घटनामा परि गम्भीर घाइते !

 सिन्धु पौडेल दस्तावेज संवाददाता ईजरायल ,जुलाई ५ तारिख २०१७ – इजरायलको रिसोन लेचियोनमा गाडीले ठक्कर दिदा ११ बर्ष देखि इजरायलमा केयर गिभर काम गर्दै आएकी झापा धाइजन घर भएकी इन्दिरा खड्का गम्भीर घाइते भएकी छिन् भने उनले हेर्दै आएकी ८८ बर्षिया वृद्धाको घटनास्थल मै मृत्यु भएको छ ।
 
घाइते खड्काको खुट्टा, हात,टाउकोमा गहिरो चोट लागेको थाहा हुन आएको छ। र ईजरायलको अनलाईन ynet.ले दिएको जानकारी अनुसार बाटो काट्ने क्रममा बिपरीत दिशाबाट आएको गाडीले ठक्कर दिंदा उक्त दुर्घटना भएको थियो। हिजो बिहान १० बजेर २५ मिनेट तिर यो दुर्घटना भएको थियो हिजो बिशेष युनिटमा राखेर उपचार गरे पछि केहि ठिक भएको भन्दै डाक्टरले ओपिडीमा सारेको छ । गम्भीर घाइते इन्दिरा खड्काको अवस्था खतरामुक्त रहेको हस्पिटलले जनाएको छ । इजरायल रेडक्रस मगेन ड्भिड अदोमले (एम्बुलेन्स) घाइते खड्कालाई हस्पिटल पुर्याएको थियो !

प्रतिक्रिया दिनुहोस्