Logo

जापानमा सेन्दाई क्षेत्रिय आयोजक कमिटि गठन

स्तावेज संवाददाता १३  मे २७, सेन्दाई,जापान – एनआरएनए जापानले गठन गरेको क्षेत्रीय कमिटि बिस्तार एवं सहजिकरण समितिको प्रतिवेदन अनुसार आज सेन्दाई क्षेत्रलाई समेट्ने गरि एक भेला सम्पन्न गरेको छ  । भेलाले एनआरएनए जापानको बैठकको निर्णय अनुसार “एनआरएनए जापान, सेन्दाई क्षेत्रिय प्रथम अधिवेसन आयोजक कमिटी “गठन गरेको छ ।  

               यहि जुलाई १ तारिख अधिवेसन सम्पन्न गर्ने अख़्तियारी दिदै प्रल्हाद सिंह महतको संयोजकमा १९ सदस्यिय मुल आयोजक कमिटि गठन गरेको हो । क़रीब १०० जनाको उपस्थित रहेको उक्त भेलामा राष्ट्रीय कमिटीका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी  लामा,सचिव बुद्धि राज घिमिरे ,सदस्य अनिल थापा, कान्तो क्षेत्रीय कमिटिका संयोजक प्रकाश थापा ,एनआरएनए जापानका पूर्व कोषाध्यक्ष तेज़ अर्याल संगै टोकियो बाट हिमाल कडेंलको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्