Logo

युवा नेता प्रदीप पौडेल भन्छन्- ‘एच बी ताम्राकार सेलिब्रिटी पत्रकार’

स्तावेज, कार्तिक १२ गते, सोमवार, २०७५, टोकियो जापान – साता भ्रमणका लागि जापान आएका युवा नेता प्रदीप पौडेलले एभरेष्ट स्कुलमा पुगेर युवा पत्रकार एच बी ताम्राकारको प्रशंसा गरेका छन् । उनले आफ्नो जापान भ्रमण फलदायक भएकोप्रति खुसी व्यक्त गरेका हुन् । नेपालमा पनि ताम्राकारको धेरैले कुरा गरेको अनुभव सबैको अगाडी सुनाउँदै उनले भने- ‘ताम्राकार सेलिब्रिटी पत्रकार हुन् ’ ।

देशको राष्ट्रिय गीत गुन्जिने सहित नेपालको कला संरक्षण गरी बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा एभरेष्ट स्कुलका प्रमुख भुपाल श्रेष्ठको अमूल्य योगदानको ग़दर गरेका हुन् । जापानमा एकमात्र नेपाली विध्यालय ‘ Everest International School ‘ मा लगभग २०० नेपाली बालबालिका लगायत पाँच अन्य राष्ट्रका छोराछोरी अध्ययनरत छन् । श्री पौडेलले उनीहरू सबैको अवस्था र स्कुलको सबै गतिविधिको नजिकबाट अध्ययन र अवलोकन गरेका छन् ।

प्रत्येक कोठामा गएर प्रत्यक्ष अनुगमन सहित सबै स्टाफ र विधार्थी भाइबहिनीहरूसँग नजिकबाट संवाद गरेर आफ्नो जापान यात्रालाई युवा नेता प्रदीप पौडेलले उपलब्धिमूलक बनाएका हुन्। स्कुल प्रमुख भुपाल श्रेष्ठ सर र नेता प्रदीप पौडेलसँग गहन छलफल सहित विशेष कुरा सम्पन्न भयो । जनसम्पर्क समिति जापानका युवा नेताहरुसंग पनि विशेष ठाउँमा विशेष भलाकुसारी र भेटघाट हुनु एक यादगार क्षण रहेको पौडेलले प्रष्ट परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्