Logo

नेपाली आप्रवासीलाइ धक्का,करिब ९ हजार नेपाली अमेरिकाबाट फर्काईंदै !

स्तावेज संवाददाता,बैसाख १२ गते, बुधवार २०७५,काठमाण्डौं – सन् २०१५ मा नेपालमा आएको भुकम्प प्रभावितहरुलाई अस्थायी रुपमा अमेरिका बस्न दिने सुविधामा कटौती गर्दै करिब ९ हजार नेपालीलाई फर्जकाउने तयारी भएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयलाई उदृत गर्दै वाशिङटन पोष्टले समाचार बनाएको छ। कुनैपनि अरु देशमा प्राकृतिक प्रकोप, आतंकवाद वा अन्य उक्त देशमा बस्न नसक्ने स्थितीमा अमेरिकाले अस्थायी रुपमा बस्न मिल्ने सुवीधा दिंदै आएको छ। त्यसलाई टिपीआर (टेम्पोरेर प्रोटेक्टेड स्टाटस्) भनिने गरिन्छ । 

नेपालमा भूकम्प गएपछि करिब १५ हजार नेपालीहरुले उक्त टिपीआर लिएको र करिब ९ हजार अझै अमेरिकामा नै रहेकोले उनीहरुलाई फिर्ता जान करिब १ बर्षको अँधि दिने तयारी भएको वाशिङटन पोष्टले जनाएको छ । अमेरिकी भिभागले तयारी गरेको र चाँडै मिती सार्वजनिक गर्ने छ। बाहिर नआईसकेको आन्तरिक कुरा वाशिङटनपोष्टले समाचारका रुपमा ‘ब्रेक’ गरेको हो। 

ट्रम्प प्रशासन अप्रावासीहरु प्रति कडा रुपमा प्रस्तुत हुँदै आएको हो। यस क्रममा यसपाली नेपालीहरु परेका छन्। यही बर्ष एल-साल्भाडोर, हेटी, निकारागुवा आदी देशको यही टिपीआर सुविधा खारेज अमेरिकी प्रशासनले खारेज गरिसकेको छ। संभवत नेपालीहरुले जुन २०१९ सम्म अमेरिका छाडिसक्नु पर्ने हुनसक्छ । चाँडै नै ट्रम्प प्रशासनले मिती घोषणा गर्ने पनि वाशिङटनपोष्टले जनाएको छ।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्