Logo

ओभरसिज रेमिटले जापानको योक्काईची शहरमा पनि गर्यो शाखा विस्तार

ज्याक खड्का,दस्तावेज संवाददाता,चैत्र २८ गते बुधवार २०७४,टोकियो जापान -आक्रामक रूपमा आफ्नो सेवा र सञ्जाल विस्तार गरिरहेको ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा पनि शाखा विस्तार गरेको छ । जापानभर बसोबास गर्ने नेपालीहरूमाझ आफ्नो सेवाको पहुँच पुगोस् भन्ने चाहना अनुरूप ओभरसिज रेमिटले सेवा विस्तारलाई महत्व दिएको हो ।

जापानका सफल तथा स्थापित नेपालीहरूको समूहद्दारा प्रबर्तित ओभरसिज रेमिटको योक्काईची शाखाको नेतृत्व पनि जापानका सफल तथा पुराना व्यवसायी विष्णु प्रसाद घिमिरेले गर्ने भएका छन्। स्थापनाको छोटो समयमै छिटो छरितो र बिश्वासिलो सेवा मार्फत् अलग पहिचान बनाउन सफल ओभरसिज रेमिटले “सुरक्षित तथा छिटो, कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरूको सुविधालाई बिशेष महत्व दिने गरेको ओभरसिज रेमिटका कार्यकारी सञ्चालक बिपीन घिमिरेले बताए।

शाखा विस्तार भएसँगै योक्काईची र मिएकेन बासी नेपालीले आफ्नो सेवा प्रयोग गर्ने विश्वास कम्पनीले लिएको छ । मिए केनमा नेपालीको संख्या दिनानुदिन बढ्दै गएको वर्तमान अवस्थामा स्तरीय र छरितो सेवामार्फत् ग्राहकको मन जितिने कुरामा आफू विश्वस्त रहेको योक्काईची शाखाका प्रबन्धक विष्णु प्रसाद घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्