Logo

जापानमा नेपाल चिनाउँदै जगत बहादुर खड्का

खोटाङ जिल्लामा जन्मिएर जापानी कलाकारिताको क्षेत्रमा एउटा सेलीब्रेटी  कलाकारको छवी बनाउनुभएका जगत बहादुर खड्का २० वर्षअघि एक विध्यार्थी बनेर जापान छिर्नुभएको थियो । सानैदेखि कलाकारीता क्षेत्रमा रुचि राख्ने उनले नेपाली चलचित्र क्षेत्रमा भने काम गर्न भ्याउनुभएन ।

सन २००४ मा जापानको क्यानोन क्यामेराको फ़ोटो सेसनबाट सुरु भएको उनको जापानी कलाकारिताको सुरुवात विज्ञापन, टेलिचलचित्र ,सर्ट मुभि हुँदै ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्न थाल्नुभएका खड्काले अहिले जापानमा एक कुशल कलाकारको परिचय बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ,नेपाली कलाकारिता र यहाँको तुलना गर्ने हो भने यहाँको क्षेत्र महासागर जस्तै छ । यहाँको फिल्म, टेलिफिल्म, विज्ञापनहरू हलिवूडसँग तुलना गरिन्छ ।

यस्तो ठाउँमा ठूलो कलाकारको रूपमा आफूलाई चिनाउन एकदमै गाह्रो छ अहिलेनै ठूलो भूमिकामा अभिनय गर्न पाउँछु भन्ने सोचेको छैन । तरपनि क्षमताको को सम्मान हुने हुँदा म सदा एउटा सफल कलाकार बन्नको निम्ति लागि परिरहने छु । टेलिभिजनको रियालिटी शो हरूदेखी ठूलो पर्दाको फिल्मसम्म आइपुग्दा धेरै कुराहरू आफूले सिक्ने अवसर प्राप्त गरेको एवं आफूपनि अभिनयमा निखारिँदै गएकाले काम गर्न निकै सजिलो हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले कलाकारीताकै कारण यस क्षेत्रका अनग़िन्ती जापनिज कलाकार तथा हलिवूडसम्मका कलाकारहरूका साथ काम गर्न पाउँदा र आफ्नो देश नेपाल र नेपाली को बारेमा सगरमाथाको देश, गौतम बुद्धको देश , भन्दै सकारात्मक सन्देश दिन पाउँदा अत्यन्त खुसी लाग्ने बताउनुभयो ।,

कलाकारीतासँगै नेपालको पर्यटन क्षेत्रमा अझै बढी पर्यटकहरू भित्रिनको लागी आफूले गर्नसक्ने काम गर्दैजाने दृढता व्यक्त गर्नुभयो । नेपाल र नेपालीहरूको लागी सधैँ सिर उच्च हुने काम गर्न सधैँ मौक़ा मिलिरहे यही नै आफ्नो लागि लागी जापानमा पाएका उपलब्धि हुने उहाँले बताउनुभयो ।

आफ्नै देशको कलाकारिता क्षेत्रमा केही गरौँ र गर्नुपर्छ भन्ने सोच रहेका श्री खड्का भविष्यमा नेपाली कलाकारीता क्षेत्रको प्रविधि, स्तर र विश्वबजारसँग तुलना गर्ने खालको नेपाली चलचित्रहरू निर्माण गर्ने  बताउनुभयो । हालसालै मात्र जापानी टीभीद्दारा निर्माण गरिएको ज्याक खड्का अभिनित एक रियल डकुमेन्ट्रीलाई सार्वजनिक गरिएको छ । उक्त डकुमेन्ट्रीलाई जापानी टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सन्जालहरुले विशेष चासोकासाथ प्रसारण गरिरहेका छन् ।

प्रकाशित मिति, २०७४ साल चैत्र २७ गते मंगलवार

प्रतिक्रिया दिनुहोस्