Logo

“सिन्जोउ म्यूजिकल नाइट २०१८” टोकियो स्थित नाकानो जेरो हलमा हुने

ज्याक खड्का,दस्तावेज संवाददाता,चैत्र ३ गते शनिवार,२०७४,टोकियो, जापान – लोकप्रिय लोक तथा पप गायक दुर्गेस थापासँगै पप गायिका अमृता लिम्बु, नायिका तथा गायिका मायाँ गुरुङ मार्च १८ तारिखमा टोकियो स्थित नाकानो जेरो हलमा हुने म्यूजिकल नाइट कार्यक्रमको लागि जापान आइपुगेका छन् । सिन्जोउ कर्पोरेसनको आयोजनामा हुन लागेको सिन्जोउ म्यूजिकल नाइट २०१८ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिएका छन् ।

पप तथा लोक गीत मार्फत युवा पुस्तामा लोकप्रिय रहेका दुर्गेस थापा र गायिका अमृता बिहिबारनै टोकियो आइपुगेका थिए । नायिका तथा गायिका मायाँ गुरुङ शुक्रवार टोकियो आइपुगेको आयोजक संस्थाले जानकारी दिएको छ ।कलाकारहरूलाई भव्य स्वागत गरिएको र म्यूजिकल नाइटलाई भव्य बनाउने गरी तयारी पुरा भएको सिन्जोउ कर्पोरेशनका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दुर्गेस थापा, अमृता लिम्बु र मायाँ गुरुङ सहित हास्य कलाकार कुमार श्रेष्ठको बेजोड प्रस्तुत रहने भएको छ । जापानमा नै कर्मथलो बनाउँदै आएका लोकप्रिय हांस्यकलाकार श्रेष्ठसँगै कार्यक्रममा प्रियंका कार्की र संगिता थापाले विभिन्न लोकप्रिय नेपाली गीतहरूमा नृत्य प्रस्तुत गर्नेछन् ।

डिजे जोन छन्त्यालको म्युजिकमा कन्सर्टको रूपमा आयोजना हुन लागेको म्यूजिकल नाइट कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने छ ।सामान्य तर्फ तीन हजार येन र स्पेशल टिकटको एक मान येन तोकिएको टिकट ४ सय बढी संख्यामा बिक्री भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमस्थलमा समेट टिकट लिन सकिने व्यवस्था मिलाएको बताउँदै आयोजक संस्था सिन्जोउ कर्पोरेशनका प्रमुख उत्तम श्रेष्ठले टिकट लिन बाँकी रहनुभएका सबैलाई ५ :३० बजेभित्र उपस्थित हुन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्