Logo

विश्व साइकल यात्री मैनाली र कडेंल ४२ राष्ट्रको भ्रमण सिध्याएर अमेरिका प्रस्थान

ज्याक खड्का,दस्तावेज संवाददाता,माघ २३ गते, मंगलबार २०७४,टोकियो, जापान – रक्तदान जिवनदान ” को नारा सहित विश्व साइकल यात्रामा निस्केका झापा कन्काई नगरपालिका ७ निवासी युवराज मैनाली र पर्वत पाङग्राङ ४ का भेष बहादुर कडेंल एसिया तथा युरोपका विभिन्न देशहरू भारत ,श्रीलंका ,मालदिव्स ,इन्डोनेसिया ,जापान ,जर्मन ,इटाली ,पोल्याण्ड ,अस्ट्रेलिया लगायत ४२ राष्ट्रको भ्रमण सिध्याएर अमेरिका आइपुगेका छन्।

यी दुई साहसी युवा केही वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पमा घाइतेको उपचारमा रगतको चरम अभाव देखेपछि रगतदान जीवनदान उत्प्रेणा जगाउँदै नेपालका विभिन्न ठाउँमा जनचेतनाका कार्यक्रम गर्दै आफ्नो विश्व साइकल यात्रा थालनी गरेका थिए ।नेपालमा मात्र नभई विश्वमा जहाँ जतिसुकै बेला प्राकृतिक बापत आउन सक्ने भएकाले रगत जस्तो महत्वपुर्ण कुरामा सजग रहनु पर्ने भन्दै संसार भरिनै रगतको अभावमा कसैले पनि अकालमा जीवन गुमाउनु नपरोस् भन्दै यो साइकल यात्रामा निस्केको मैनालीले बताउनु भयो । त्यसै गरी नेपालमा धेरै जसो मानिसमा रक्तदान गरेपछि कम्जोर भइन्छ कि भन्ने मानसिकता व्याप्त रहेको छ, यही सोचाइलाई बदल्न साइकल यात्रा गरेको अर्का यात्री कंडेलले बताउनु भयो ।

रक्तदान जीवन दानको साथ-साथै भूकम्प पछाडि नेपालको पर्यटन व्यवसायमा आएको कमीलाई टेवा पुर्‍याउने हेतुले विश्वलाई नेपाल घुम्ने निम्तो दिँदै यात्रा गर्नुभएका मैनाली र कडेलले नेपालका केही धार्मिक ,पुरातात्विक तथा सांस्कृतिक सम्पदामा क्षति भएता पनि हाल कुनैपनि जोखिममा नरहेकोले निर्धक्क नेपाल भ्रमणको लागि संसार भरका पर्यटकहरूलाई आव्हाहन गर्दै यात्रा गरिरहेको बताउनुभयो । २०७२ वैशाखमा आएको विनाशकारी महाभूकम्प र यसले निम्त्याएको रगतको अभावको अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको यो यात्रा देश तथा विदेशका विभिन्न स्थानमा रक्तदानको लागि प्रेरणाको श्रोतको रूपमा काम गरिरहेको छ ।

“रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त कार्यक्रम मार्फत हरेक मानव जाती बिच सहकार्य, सद्भाव एवं भाइचाराको समन्ध हुनुपर्ने कुरामा जोड दिएको छ । नेपाल र नेपालीलाई विश्वसामु चिनाउने, बुद्ध तथा सगरमाथाको बारेमा प्रचार-प्रसार गर्ने, पर्यटन प्रवर्द्दनमा सहयोग पुर्‍याउने जस्ता काम गर्न मैनालीको अगुवाईमा विश्व साइकल यात्राको सुरुवात भएको हो ।

आउँदो ५ वर्षमा १५० भन्दा बढी देशमा साइकल यात्रा गर्ने लक्ष्य राखेका मैनालीको हरेक देशमा गौतम बुद्ध र सगरमाथाको बारेमा उजागार गर्ने योजना समेत रहेको छ । एनआरएन कन्तो जापान र जन सम्पर्क मन्चद्दारा आआयोजिता कार्यक्रम लाई सम्बोधन गर्दै मैनालीले नेपाली नेता हरूलाई मिलेर देशको विकासमा जुट्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्