Logo

चलचित्र ‘पिँजडा ब्याक अगेन’को जापानमा भव्य प्रदर्शन

ज्याक खड्का,दस्तावेज संवादादाता,माघ १७ गते बुधवार,२०७४,टोकियो,जापान – माघ ११ बाट प्रदर्शनमा आएको चलचित्र “पिँजडा ब्याक अगेन”को क्लासिक युथ जापानले जापानमा भव्य प्रदर्शन भएको छ । नेपालमा प्रदर्शन भएको १० दिनपछि २८ तारिक अर्थात् १४ माघबाट जापानमा पिँजडा चलचित्रको ‘स्पेसल शो’ भएको हो ।

चलचित्र प्राेमाेशनका लागी नायक निखिल उप्रेती, संचिता लुइँटेल र निर्देशक हिमाल के.सी. जापान आईपुगेका थिए । नेपालमा प्रदर्शन भएको १० दिनपछि २८ तारिख अर्थात् १४ माघबाट जापानमा पिँजडा चलचित्रको ‘स्पेसल शो’ भएको हो । “पिँजडा ब्याक अगेन”को डेस्टिनी क्रियशनले व्यवस्थापन गरेको थियो।

“पिँजडा ब्याक अगेन”को टोकियो सहित अरू शहरमा पनि प्रदर्शन हुने निर्देशक के.सी.ले बुधवार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए। फेमिली ड्रामा मूल कथावस्तु भएकाे एक्सन प्याक फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदीप दाहाल, कुशाग्र भट्टराईसँगै केही दिन पहिले मात्रै दिवंगत भएकी बिना थापाको पनि भूमिका रहेको थियो। श्रीराम बरालको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा भने मौनता श्रेष्ठले लेखेका हुन।

प्रतिक्रिया दिनुहोस्