Logo

शेर्पा संघ जापानद्दारा ल्होसार कार्यक्रम स्थलमा शेर्पा सस्कृतीको अध्ययन गर्न सकिने गरी भौतिक संरचना निर्माण गर्ने

ज्याक खड्का ,दस्तावेज संवादादाता,माघ २,गते  मंगलवार, २०७४ ,टोकियो, जापान – शेर्पा संघ जापानले यस वर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि शेर्पा संघ जापानले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूका मुख्य पर्व ल्होसारलाई भव्य रूपमा मनाउने तयारी गरेको हो ।

हिमाली शेर्पा समुदयहरुको नयाँ वर्ष २१४५ औँ स फो खी लो (कुकुर वर्ष) ग्याल्बो ल्होसारलाई अविस्मरणीय र मनोरञ्जनात्मक बनाउन शेर्पा सङ्घ जापान तीव्र तयारीमा जुटेको छ । फेब्रअरी १८ तारिखका दिन तय गरिएको ल्होसार विशेष कार्यक्रमको तयारी भइरहेको आयोजक समितिका सदस्य फुरलाक्पा शेर्पाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको कला ,भेषभुषा र सस्कृतीको प्रचार प्रसार गर्ने हेतुले सोही दीन शेर्पा जातीको सीली नाच ,सेप्रु नाच लगायतका संस्कृतिको प्रदर्शन ,शेर्पा खाध पदार्थ तथा पेया पदार्थको सेवान तथा नेपाली कलाकारहरूले विभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गीत संगीतहरु प्रस्तुत गर्नेछन् भने डिजे शेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल तथा मनोरन्जन प्रदान गर्नेछन् ।

कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोशाक तथा विभिन्न सस्कृती प्रदर्शन र कार्यक्रम गर्ने हललाई हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको रहनसहनसँग मिल्ने गरी शेर्पा जातीको समपुर्ण सस्कृतीको अध्यान गर्न सकिने गरी भौतिक संरचना निर्माण गरिने शेर्पा संघले जनाएको छ ।

कार्यक्रममा जापानस्थित नेपाली दूतावास, एनआरएन, विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, शेर्पा तथा गैरशेर्पाहरु लगायत समपुर्ण जापानबासी नेपालीहरूलाई हार्दिकताका साथ उपस्थित भईदीन शेर्पा संघ जापानले आमन्त्रण गरिएको छ ।

प्रवासमा रहेर नेपाली भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्द्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी गराऊनुभएको छ । साथै जापानमा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सद्भाव बढाउनुको साथै कार्य व्यस्तताका कारण उत्पन्न तनाव र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले बताएका छन् ।

संघका अदक्ष्य शेर्पाले जापानबासी सम्पूर्ण नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागी भई शेर्पा जातीको संस्कार सस्कृतीको अध्यानसंगै भरपुर मनोरन्जन लीन विशेष आग्रह गरेका छन् । कार्यक्रमको प्रतक्क्ष्य प्रसारण भिबिन्न अनलाइन मीडीयाहरुबाट प्रसारण गरिने छ भने भिबिन्न अनलाइन समचारहरु मिडिया पार्टनरको रूपमा रहनेछ ।

शेर्पा संघ जापान, जापानको कानुन अनुसार दर्ता भएको नेपाली सामाजिक संस्था हो । शेर्पा संघले जापानबासी नेपाली समुदायलाई आपतविपदमा आर्थिक तथा भौतिक रूपमा विभिन्न सहयोगहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्