Logo

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो मैत्रीपूर्ण भलिबल प्रतियोगिता

ज्याक खड्का ,दस्तावेज संवादादाता,माघ २,गते  मंगलवार, २०७४ ,काठमाडौँ – “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल “भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ वर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा चौथो मैत्रीपूर्ण रनिंगकप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्थापनाकालदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यो वर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधवारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center-1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने गल्कोट स्पोर्ट्स क्लबका महासचिव लक्ष्मण कार्कीले बताए । प्रतियोगिता बिहान ९ बजे देखि बेलुका ९बजे सम्म सञ्चालन हुने छ । विगतमा प्रतियोगिता सञ्चालन गर्दा गरेका अनुभवलाई मध्यनजर गर्दै यसपालि अझै भव्य रूपमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष रहेको समेत महासचिवले जानकारी दिए।

प्रतियोगितामा कति टिम सहभागी गराउने र कुन कुन विधामा पुरस्कार राशी के कति प्रदान गर्ने भन्नेबारे भने पुन:अनलाइन,सामाजिक सञ्जाल मार्फत सार्वजनिक सूचना अथवा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने ब्यहोरा जनाएको छ।साथै उक्त दिन अन्य संघ संस्थालाई कार्यक्रम नजुधाईदिन पनि आयोजक गल्कोट स्पोर्ट्स क्लबले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्