Logo

बलेवा सेवा समाजको अध्यक्षमा शर्मेन्द्र पौडेल चयन

र्जुन लामिछाने,दस्तावेज संवादादाता,पौष २१ गते शुक्रवार ,२०७४,टोकियो, जापान – जापानमा क्रियाशील बलेवा सेवा समाज जापानको तेस्रो साधारण सभाले शर्मेन्द्र पौडेललाई अध्यक्षमा चयन गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सम्मान साधारण सभाले समाजका वर्तमान महासचिव पौडेलको नृेत्तवमा २८ सदस्यि नयाँ कार्य समिति चयन गरेको हो ।

साधारण सभाले आगामी २ वर्षे कार्यकालका अध्यक्षमा पौडेल सहित उपाध्यक्षमा राजन गिरि, रामु चपागाई, सुरेन्द्र पौडेल, महासचिवमा बिमल रिजाल, सचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा विनोद पौडेल तथा सह कोषाध्यक्षमा विनोद पौडेललाई चयन गरेको छ ।
साधारण सभाले सदस्यमा राजु पाठक, सपना पाठक, पृथ खड्का, गोविन्द्र पौडेल, अशोक खत्री, सन्तोष सापकोटा, हरि रेग्मी, मनोज पाठक, प्रकाश पौडेल, दिपेन्द्र गरी, महेन्द्र ढकाल र सल्लाहकारमा कृष्ण केसी, दिपेन्द्र पाठक, बलराम भट्ट, सूर्य लामिछाने, गोविन्द्र सिंह, हरिजंग रायमाझि र राजु केसीलाई चयन गरेको महासचिव रिजालले जानकारी दिनभयो । साधरणसभाले समाजको संरक्षकमा महेन्द्र पिसि र प्रवत्तामा अर्जुन लामिछानेलाई चयन गरेको बताइएको छ ।

अधिवेशनले महासचिव शमेन्द्र पिसिले पेश गरेको सांगठनीक तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक चापागाईले पेश गरेको आर्थिक प्रतिवेदन पास गरेको छ । नव निर्वाचित अध्यक्ष पौडेलले संस्थाले हाल सम्म गर्दै आएको सामाजिक सेवाका कार्यलाई आगामी कार्यकालमा निरन्तरता दिँदै थप सामाजिक र बलेवा क्षत्रको पर्यटकीय प्रवर्द्धनको कार्य गर्ने बताउनुभयो ।

सामाजिक कार्यमा क्रियाशील संस्थाले विभिन्न समयमा विभिन्न रोगबाट पीडितका लागि राहात संकलन, भूकम्प पीडितलाई आर्थिक सहयोग, विपिन्न विध्यार्थिलाई लक्षित गरी अक्षय कोष सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्