Logo

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको प्रथम अधिवेशन जनवरी २८ मा हुँदै….

ज्याक खड्का,स्तावेज संवादादाता,पौष २१ गते शुक्रवार ,२०७४,टोकियो, जापान – नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मीहरूको साझा संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिवेशन आगामी जनवरी २८ तारीकका दिन जापानको टोकियोमा आयोजना गरिएको छ, जापानमा रहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका विभिन्न विधामा क्रियाशील कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रवर्द्दनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरू को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजार मा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो।

 उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्लको संयोजकत्वमा निर्वाचन समिति, साहित्यकार पीताम्बर चापागाई (पदमपानी) को संयोजकत्व मा विधान मस्यौदा समिति, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति सहित अन्य विभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनि गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख चर्चित सर्जक रमेश बि जी को उपस्थितिमा बृहत सांगितिक प्रस्तुति हरू सँगै हुन लागेको अधिवेशन को लागी केन्द्रसँगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनि संस्थाका सचिव गीतकार नारायण कंडेल ले जानकारी गराउनु भयो।लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेको ले सम्पूर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थितिको लागी पनि प्रतिष्ठान को तर्फबाट हार्दिक अनुरोध गरेको छ।

तपसिल

स्थान-113-0031 bunkyo-ku, Nezu 2-20-7

मिति-2018-01-28

समय-4:00pm~9:00pm

प्रतिक्रिया दिनुहोस्