Logo

इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनको शाखा उद्घाटन

ज्याक खड्का, दस्तावेज संवाददाता, मंसिर २८ गते शुक्रवार, २०७४,टोकियो – एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको शाखा औपचारिक रुपमा सुरु गरिएको छ । इकेबुकुरोमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्यनजर गर्दै कर्पोरेशनको अफिस सुरु गरेको हो ।

उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट बैकका शिव घिमिरे, नेपाल सन्देश डट कमका सम्पादक रविन्द्र गोर्खाली, डिसी नेपालका पत्रकार ज्याक खड्का लगायतले रिवन काटेर उद्घाटन गरेका थिए ।

नेपालीहरुका लागि लक्षित गरि खोलिएको अफिसमा फुदो सान, मोवाईल, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायत सेवाहरु उपलव्ध छन् ।

प्रतिक्रिया दिनुहोस्