Logo

रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन

ज्याक खड्का,दस्तावेज संवाददाता, मंसिर १५ गते शुक्रवार, २०७४- टोकियो, जापान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टर र राष्टिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा यही आइतबारका दिन रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन भएको छ । आर.एस डिजिटलले बजारमा ल्याएको उक्त एल्बमको बिमोचन जापानमा रहेका चर्चित सितारबादक सुस्मा ओमाता, ईश्वर गुरुङ,मोहन घले,डिपी कंडेल, युवराज आचार्य ,प्रकाश माइला र सङ्गीतकार स्वयं रामकृष्ण बम मल्लले सयुंक्त रूपमा गरेका थिए ।

मल्ल जापानमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहेका संगीतकर्मी हुन । उनले विशेष गरी नेपाली आधुनिक र लोक विधामा आफूलाई अब्बल देखाउदै आएका छन्। उनको एल्बममा प्रवासमा रहेका सर्जकहरु नारायण कँडेल, लक्ष्मण कार्की, रविन शर्मा लगायतले शब्द दिएका छन् भने मल्लको सोलो संगीत रहेको छ । एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, मेनुका पौडेल, र उत्तम खड्काले स्वर दिएका छन् ।

कार्यक्रममा जापानमा उपलब्ध विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतिक संगठनका प्रतिनिधि लगायत संगीत र साहित्यप्रेमीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भने अनेसास जापानका अध्यक्ष दीप पाठकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्