Logo

गैर आवासीय नेपाली संघले आर्थिक समृद्धिका लागि उध्योग वाणिज्य महासंघ सँग लगानीको क्षेत्रमा सहकार्य गर्ने

दिपेन्द्र ढकाल,दस्तावेज संवाददाता,मंसिर १५ गते शुक्रबार,२०७४,काठमाण्डौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आर्थिक समृद्धिका लागि उध्योग वाणिज्य महासंघ सँग मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउनुभएको छ । लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्न निकट भविष्यमा कार्यशाला गोष्ठी आयोजना गर्नेपनि उहाँले जानकारी गराउनुभयो । महासंघका पदाधिकारीसँगको भेटमा अध्यक्ष भट्टले कार्यक्रम सम्बन्धमा थप प्रकाशित पार्नुभएको थियो ।

भेटमा उध्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भविष्यमा सहकार्य गर्ने बताउनुभयो । संघ र महासंघको सहकार्यले विकासका कामलाई अझ दिगो पार्दै लैजानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । श्री राणाले आगामी दिनहरूमा दुवै संस्थाहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने कुरा बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्