Logo

यौन दुराचार गरेको आरोपमा हालसालै जापानको अदालतबाट सफाई पाएका रेशम डंगोल भन्छन्

मेरा शुभचिन्तकहरु तथा मित्रहरू नमस्कार,

पछिल्लो ३ सातामा उत्पन्न भएको घटनाक्रम र त्यसपछिको अवस्थाले उत्पन्न भएको असहज परिस्थितिप्रति क्षमा प्रार्थी छु । अन्यौलताका बिच सत्यता उपर जानकारी नहुँदा घटनाहरूलाई आफू अनुकुल व्याख्या गरिएको देखियो । एकवर्ष अघिको एक घटना सँग जोडिएर न्यायीक अनुसन्धानका लागी जापानी प्रहरीले पक्राउ गरेको सत्य हो , करिब ३ साताको गहन अनुसन्धान पछि उक्त घटनामा जुन ढंगबाट हामीलाई जोडिएको थियो त्यो पुष्टि हुन नसकेपछि आज हामीलाई हिरातस मुक्त गरिएकोे छ । कुनै घटनाको अनुसन्धानका लागी प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिहरूलाई अपराध पुष्टि भएको जस्तै गरी समाचार सम्प्रेषण भएकोमा खेदपनि छ ।

विशेषगरी केही नेपाली अनलाइनहरुले परिवार र सामाजिक प्रतिष्ठाकोे समेत ख्याल नगरी गरिएको सस्तो पत्रकारिता समेत खेदयोग्य छ । केही शुभचिन्तकहरुले यो असहज स्थितिमा सहयोग र सामन्य वातावरण बनाउनुको साटो ,खरानी उडाएर यही बेला यसलाई सिध्याउनुपर्छ भनेर भय सम्मको जोर लगाएको पनि देखियो । तर मेरो कुभलो चिताउने तिनै साथीहरूलाई धन्यवाद किनकि तपाईँहरूको यही घटिया हर्कतले मलाइ अझ बढी प्रगती पथमा लम्कन उत्साह दिन्छ । आज करिब ३ साता प्रहरीको लामो अनुसन्धान पछि आरोप पुष्टि नहुँदा हिरासत मुक्त भई आफ्नो दैनिकीमा लागेको छु ।

यो बिचमा मलाई विभिन्न तवरले साथ दिने सम्पूर्ण मित्रहरू ,सहकर्मीहरु प्रति धन्यवाद । जीवनमा रिन हैन तपाइको गुण तिर्ने प्रयास गर्नेछु । म सिजुओकामा नरहदाँ व्यावसायिक तथा व्यक्तिगत रूपमा तपाइहरुलाई परेको असर प्रति क्षमा चाहन्छु । अब तपाइ हाम्रो नियमित भेट हिमालयन मार्ट तथा हिमालयन रेष्टुरेण्टमा भैरहने आशा गर्दछु । पुनः यो बिचको समयमा म प्रति चासो र चिन्ता प्रकट गर्नुहुनेलाइ धन्यवाद।

रेशम डंगोल , मंसिर १५ गते, शुक्रवार, २०७४,टोकियो जापान,

प्रतिक्रिया दिनुहोस्