Logo

३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा

View image on Twitter
स्तावेज संवाददाता मंसिर ६ गते बुधबार २०७४ काठमाण्डौं- १४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षिय ते क्वान्दो प्रशिक्षक सुद्दोधनमान रंजित परेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने भएको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी तोकेर वासिंटनको काउन्टी जेलमा राखिएको छ ।
ओरेगनको बेभर्टन स्थीत साउथर्न पार्क वेमा युएस वर्ल्ड क्लास तेक्वान्दो संचालन गर्दै आएका रन्जित माथी १५ वटा फरक फरक आरोप लागाईएको छ  लगाइएको छ । जसमध्ये १२ पहिलो डिग्री र ३ दोश्रो डिग्री अभियोग रहेका छन् । ओरेगनको कानुन अनुशार १४ बर्षभन्दा कम उमेरकासँग यौन दुर्व्यावाहार गरेमा पहिलो डिग्री अपराध मानिन्छ भने यसको काउन्ट ११ हुने गर्छ । यदि दोषी प्रमाणित भएमा हरेक अपराधको कम्तीमा ६ बर्षको दरले जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् । उनको यौन दुब्र्यबहारमा परेकाहरु अरुसमेत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रञ्जितले तेक्वान्दो सिकाउने युएस वल्र्ड क्लास तेक्वान्दो पार्क वे स्टुडियोमा नै यौन दुब्र्यबहार गरेको अभियोग लगाइएको छ । सन् २०१२ जनवरीदेखि सन् २०१५ को फरबरीसम्म तीनजनामाथि यौन दुब्र्यबहार गरेको र उनीहरु सबैजना माइनरहरु रहेको तथा त्यमध्ये २ जना १४ बर्ष भन्दा पनि कम उमेरका रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्