Logo

चलचित्र ऐश्वर्य दर्शकहरुको ऊत्साहजनक उपस्थितिमा सम्पन्न

ज्याक खड्का ,स्तावेज संवाददाता, मंसिर ४ गते, सोमबार,२०७४, टोकियो- डेस्टिनी क्रिएशनदृारा आयोजित चलचित्र ऐश्वर्य दर्शकहरुको ऊत्साहजनक उपस्थितिमा सु सम्पन्न भयो । कलाकार रमेश उप्रेती तथा निर्मात्री किरण राणा उप्रेतीको ऊपस्थितामा रेड कार्पेट सो गरिएको थियो। लगभग ४५० भन्दा बढी दर्शकको उपस्थितिमा सफलताकासाथ  प्रदर्शन भएको थियो।

टोकियोमा एकैसाथ अन्य कार्यक्रम जुध्धा पनि दर्शकहरुको भरमात उपस्थितिले आयोजक टिमलाई थप हौसला मिलेको थियो । टोकियो बाहिर फुकुओका, नागोया, तोचिगी, ओकिनावामा पनि क्रमशः प्रदर्शन गरीने जानकारी डेस्टीनी क्रिएशनले बताएको छ। सम्पूर्ण दर्शकलाई डेस्टिनी क्रिएशनले आभार प्रकट गर्दै बिदाइ गरेको थियो । दर्शकहरुपनि चलचित्र हेरेर मख्ख पर्दै आयोजक टिमलाई धन्यवाद प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्