Logo

इजरायलमा गजल प्रतियोगिता हुँदै

सिन्धु पौडेल, दस्तावेज संवाददाता,,कार्तिक २५ गते शनिवार, २०७४ ,इजरायल – विश्व नेपाली साहित्य महासङ्घ शाखा इजरायलले यही आउदो २४ तारिख नोभेम्बर २०१७ शुक्रवारको दिन तेलअभिवको लेवेन्सकी पार्क अगाडी नयाँ विल्डिङमा ”प्रत्यक्ष खुल्ला गजल वाचन प्रतियोगिता” आयोजन गर्ने भएको छ ।

प्रवासी भूमिमा बसेर पनि साहित्य क्षेत्रमा कलम चलाई रहनु हुने सम्पूर्ण साहित्य प्रेमी साहित्य अनुरागी महानुभावहरुमा “ तपाईँहरुकै श्रृजनाहरु लिखित रूपमा मात्रै सीमित नभई साहित्य सर्जकको आफ्नै आवाजमा प्रतियोगिता कार्यक्रम हुन गइरहेको छ।
तसर्थ सम्पूर्ण साहित्यिक सष्टा सर्जकहरुलाई प्रतियोगितमा सहभागिताको लागि हार्दिक अपिल गरेको छ ।

सर्जकहरूले गजल यही २० नोभेम्बर २०१७ सम्ममा पठाई सक्नु पर्नेछ । प्रतियोगितामा सहभागी हुनु भएका स्रष्टा हरूको गजलहरु मध्ये पहिलो,दोस्रो र तेस्रो स्थानमा पर्ने उत्कृष्ट गजलहरुलाई प्रमाण पत्र सहित पुरस्कारको साथै गजल प्रतियोगिता सहभागिता जनाउनु हुने साहित्य मनहरू प्रति स- धन्यवाद सहित प्रमाण पत्र वितरण गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्