Logo

२८ बर्षीय अर्जुन लिम्बूको मलेसियामा मृत्यु

स्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४, इलाम- फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो । उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिनुभएको छ । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्