Logo

घाइते पराजुलीको उपचारमा पर्वत सेवा समाज नेपाल शाखा इजरायलले गर्यो सहयोग

ज्याक खड्का,दस्तावेज संवाददाता,कार्तिक २१ गते मंगलवार, २०७४,काठमाडौँ – क्यान्सर रोगबाट पीडित पर्वतका राम पराजुलीको उपचारका लागी सहयोगी हातहरू बढ्ने क्रम जारी छ । यसैबिच रामको उपचार निकै खर्चिलो बन्दै गएका बेला मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवारले ८६००० रुपैयाँ प्रदान गरेको छ ।

इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हामी मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायल परिवारका तर्फबाट पर्वत सेवा समाज केन्द्रका अध्यक्ष अर्जुन पौडेल गाउँले, सल्लाकार मनहरी तिमिल्सिना,सचिव अर्जुन निराजन, आजिबन सदस्य राजेन्द्र लामिछाने, भरतपुर क्यान्सर हस्पिटल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । जनयुद्धका घाइते रामको उपचारका लागी उक्त रकमले सुनमा सुगन्ध थप्ने परिवारले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका ९ स्थित कटुवा चौपारीका ३६ वर्षीय राम पराजुली शर्माको उपचारमा समस्या परेको हो । रक्त क्यान्सरका कारण लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक अभाव खड्कीएपछि स-परिवार समस्यामा परेको हो । घरको आर्थिक अवस्था अत्यन्त दयनिय भएका कारण आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन उनका आफन्तहरुले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट अपिल गरेका छन् ।

पराजुलीको उपचारका लागि रु ६० लाख रुपैयाँ खर्च लाग्ने र अहिलेसम्म २० लाख रुपैयाँ खर्च भैसकेको छ भन्दै इजरायलबाट मातृभूमिका लागि पर्बत समाज सेवाका शाखा अध्यक्ष नरेन्द्र छेत्री जी ले हामीलाई जानकारी दिनुभयो । उहाँले भविष्यमा पनि यस्ता सामाजिक काममा आफू लगायत सम्पूर्ण हाम्रो मात्रुभुमिका लागि पर्बत समाज इजरायल  टिम यसरी आगाडी बढीरहने छौ भन्ने प्रतिबद्धता हामीलाई दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्