Logo

नेपालको सामाजिक, आर्थिक विकास र सामाजिक उध्यमशिलताको आवश्यकता

 – लोकराज शर्मा

गैर आवासीय नेपाली संघ २००३ देखि नेपालीका लागि नेपाली भन्ने मुल मर्मका साथ नेपालको सामाजिक, आर्थिक विकास गर्ने भावनाले संस्थागत भएको अभियान हो । देशको आपत विपददेखि समाजसेवाका साना ठूला कामहरु हुँदै महाभुकम्पको विपत्तीसम्म आइपुग्दा हामी देश पुन निर्माणको सच्चा साझेदार भन्दै Vision 2020 लाई छलफलको रुपमा अघि बढिरहेका छौं । वास्तवमा एन.आर.एन.ए को Vision 2020 आउनु भन्दा धेरै अघि ५२ औं ICC बैठकमै मैले एन.आर.एन.ए को संस्थागत पुनरसंरचना  र दिगो विकास सम्बन्धि रणनैतिक कार्यपत्र प्रस्तुत गरेको थिएँ ।

जुन ४ जनवरी २०१६ को ICC Group Email,जनवरी २०१६ को पदाधिकारी बैठक, ३० जनवरी २०१६ को ICC Meeting, नवौं ERM  कोपेनहेगन, काठमाण्डौमा अन्तराष्ट्रिय युवा सम्मेलन, अष्ट्रेलियामा राष्ट्रिय उद्धमी सम्मेलन, र अमेरीकामा Vision 2020 and beyond , दशौं  ERM  फ्र्यान्कफर्ट सम्म मैले लिखित रुपमा राखेका दस्तावेजबाट प्रमाणित हुन्छ । एकजना सामान्य युवाले राखेको प्रस्ताव आज आम बहसको विषय बन्दा खुशी लागेको छ तर Vision 2020 को कार्यपत्र प्रस्तुतकर्ताले यस विषयमा यसरी निरन्तर बोलिरहनेलाई समेत पूर्ण वेवास्ता गरेको र संस्थागत संरचनाको महत्वपूर्ण प्रस्ताव हल्का रुपमा प्रस्तुत गरेकोले दुख लाग्छ । यद्धपि मुल कुरा सकारात्मक तथा दिर्घकालिन विकासको हो र यसमा हामि सबैको एकमत हुनु आजको आवश्यकता हो ।

संसारका ७६ भन्दा बढि देशहरुमा संजाल विस्तार हुँदै हजारौं सदस्यता, लाखौंको सम्बन्धितता र करोडौंको आशा भरोसा सहित संसारकै एक गौरवान्वित संस्थाको परिचय बनाएको यथार्तता एकातिर छ भने अर्कोतिर संस्थाको संस्थागत विकास नभएको, संस्था चलाउन समाजसेवी भन्दा उध्योगी व्यापारीहरुको आवश्यकता बढिरहेको, सधैं चन्दा संकलन गर्नुपर्ने वाध्यताको कारण संस्था परालम्वी भएको साथै नेपालमा अल्पकालीन तथा लोक कल्याणकारी कार्यक्रमहरुले तत्कालीन लोकप्रियता कमायको भएता पनि आन्तरिक मजवुतता विनाको समाज सेवाले दिर्घकालसम्म सामाजिक अपेक्षा पूरा गर्न नसक्ने निश्चित रहेको कुरा पनि बाहिर सुनिने गरेको छ । यस्तो परिबेशमा एन. आर. एन. ए. को संस्थागत विकास गर्दै आर्थिक रुपमा स्वावलम्वी बनाउन सामाजिक उध्यमशिलताको विकास गर्नु आजको आवश्यकता हो ।

 प्रकाशित मिति, २०७४ साल आश्विन २८ गते, शनिवार

प्रतिक्रिया दिनुहोस्