Logo

वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमा पाँचथरबाट मात्र १६ को मृत्यु भएको खुलासा

                                                        फाईल फोटो

स्तावेज,आश्विन १६  सोमवार ,२०७४,पाँचथर – वैदेशिक रोजगारीमा गएमध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको मृत्यु भएको छ। मृतकहरुमध्ये १ जना युवती र १५ जना युवा रहेका छन्। गत आर्थिक वर्ष भरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ। दुबईमा २ जना, कतार र दक्षिण कोरियामा १/१ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरवहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणवहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ।

मृतकमध्ये १४ जनाको परिवारलाई कम्पनीले मृतकले पाउन बाँकी भनी पठाएको तलब २९ लाख ६६ हजार ५ सय २१ रुपैयाँ भुक्तानी दिइएको जिल्ला प्रशासन कार्यालय पाँचथरका लेखापाल खगेन गुरुङले बताए। जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पाउन बाँकी पठाएको तलब लिन बाँकी रहेको गुरुङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्