Logo

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले बाढी पीडितलाई विभिन्न शीर्षकमा सहयोग रक़म हस्तान्तरण

ज्याक खड्का दस्तावेज संवाददाता भाद्र २८ गते बुधवार २०७४,टोकियो जापान – जापानबासी पूर्वेलीहरुको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले एक महिनाअघि नेपालमा गएको विनाशकारी बाढी पीडितलाई विभिन्न शीर्षकमा सहयोग रक़म हस्तान्तरण गरेको छ । संस्थाले पटक पटक गरी चार जिल्लामा सहयोग हस्तान्तरण गरेको हो ।

एउटै संस्थाले चारवटा जिल्लामा विभिन्न शीर्षकमा सहयोग रकम विदेशबाट नेपाल पठाउने शायद कमैले सुन्नुभएको होला, झन् जापानबाट त अहिलेसम्म कसैलेपनि नसुनेको हुनुपर्छ ।

यद्दपी अन्य क्षेत्रमा नभै बाढी पीडित समक्ष भर्खरै जन्मेको संस्थाले सहयोग रकम संकलन गरी चार जिल्लामा पठाउनु भनेको चानचुने कुरा होइन , तर यसको प्रमाण जापानमा रहेको पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले प्रमाणित गरी देखाएको छ । यो रकम न्यून हो तर यसको सहयोग शीर्षक अनुसारको वितरणले पीडितले पक्कै पनि ठुलो राहत महशुस गर्नेछ ।

टोकियोस्थित शिन ओकुबोमा केन्द्रको निजी सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको उक्त कार्यक्रममा कुल ३ लाख ९० हजार सहयोग रकम उठेको जनाएको छ । सो संकलित रकम सुनसरी ,सप्तरी ,मोरङ,र झापा जिल्लामा वितरण गरेको छ । भविष्यमा पश्चिमी क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको संस्थाका अध्यक्ष शुभास लोहनीले सम्मेलनमा जानकारी दिँदै उहाँले सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिनुभयो ।

संस्थाले सुनसरी जिल्लामा युवा विकास मन्च, सुन्सरी मार्फत ८० हजार यन , सप्तरी जिल्लाको हेल्प फर डेस्प्रेट एन्ड निडी पिपल मार्फत ७० हजार यन,मोरङ जिल्लाको लागि नारी विकास मन्च , मोरङ मार्फत ८० हजार यन र झापा जिल्लाको लागि नेपाल रेड्क्रस सोसाइटी मार्फत ८० हजार यन सहयोग रकम हस्तान्तरण गरेको छ ।

संकलित रकममध्ये ३ लाख १० हजार यन सहयोग पठाइसकेको र अझै ८६ हजार ११ यन बाँकी मौज्दात रहेको सम्मेलनमा संस्थाका महासचिव भुवन रोकाले जानकारी दिनु भयो । बाँकी रहेको सहयोग रकम दीर्घकालीन योजना स्वरूप बालबालिकाको शै़क्षिक क्षेत्रमा लगानी गर्ने संस्थाको योजना रहेको छ । 

यस अभियानमा अध्यक्ष लोहनी, भुपी गोविन्द श्रेष्ठ , भुवन रोका , कुमार कार्की, डिल्लिराम शिवाकोटी, अनिता गुरुङ , जगत बहादुर खड्का ( ज्याक), नरेन्द्र बस्नेत र सरोज भेटवाल सहित १०६ जनाले सहयोग संकलनमा प्रत्यक्ष सहयोग पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्