Logo

गैर आवासीय नेपाली संघको नेतृत्वमा जमुना गुरुङ

स्तावेज , भाद्र २७ गते मंगलवार २०७४ – गैर आवासीय नेपाली संघको आगामी २०१७/२०१९ को लागि नयाँ नेतृत्व चयनको बिषयलाई लिएर गत एक वर्षदेखी नै सेमिनार,कार्यक्रम छलफल र चुनावी बहसका कुरा चल्दै आईरहेको छ । एनआरएन एनसीसी नेपालीहरुको विश्व राजनीतिमा वर्तमान उपाध्यक्ष द्धय भबन भट्ट र कुमार पन्तबीच प्रतिस्पर्धा हुने भनेर लामो समयदेखि  प्रचार प्रसार भएको छ । तथापि संस्थाभन्दा चुनावमा अगाडि जाने र संस्थाको नियमित र पाइपलाइनका काम बिचमा हुँदैगर्दा आकांक्षी द्धय भबन भट्ट र कुमार पन्तको सहभागिता कम भएको गुनासो सँगै लाप्राक प्रोजेक्ट, एनआरएन मुख्यालय क्याम्पस, NRNA Vision 2020 and Beyond लगायत थुप्रै प्रोजेक्टहरुप्रति दुवैजनाबाट लगाव कम हुन थालेका गुनासाहरु सुनिएका छन् ।

उपाध्यक्ष कुमार पन्तमात्र भिड्ने र जिवा लामिछाने उल्लेखित कुनै पनि कुराप्रति सहमत हुँदै नहुने अवस्थाले गर्दा ति सबै कुरा धरापमा पर्ने अवस्था आएको एकाथरीको बुझाइ छ भने अर्कातर्फ हङ्कङ्मा  उपाध्यक्ष भबन भट्ट र उपाध्यक्ष कुमार पन्तबीच एउटा सहमति भएको र त्यो सहमति अनुसार सबै कुरा पूर्वअध्यक्ष जिवा लामिछानेका अनुसार हुनुपर्ने भन्ने कुरा उपाध्यक्ष भबन भट्टले मानेको र उपाध्यक्ष कुमार पन्त पुन अर्को एक कार्यकाल उपाध्यक्ष हुने भन्ने कुराले एनआरएनका अर्कातर्फको ठूलो जमातलाइ झस्काएपछि त्यो जमातले अर्को विकल्प जानकारहरु बताउँछन्  ।

 उपाध्यक्ष द्धयको अलायन्सकै कारण पनि तेश्रो विकल्प हेर्न थालियो भनिन्छ। बिधानले दिएको भए तेश्रो पटक संस्थापक अध्यक्ष उपेन्द्र महतो झैं वर्तमान अध्यक्ष डा. शेष घलेलाइ रोजिन्थ्यो होला । तर बिधानअनुसार त्यसलाई तत्काल परिमार्जन गर्न सकिने अवस्था छैन । हुन त आगामी अध्यक्षमा प्रत्यासी हुने व्यक्ति आइसीसी सदस्य जमुना गुरुङ नै हुन्  भन्ने कुरा धेरैले अनुमान गरिसकेका थिए । तरपनि उहाँले छलफल चलाएको या आकांक्षा ब्यक्त गरेको अवस्था कतै पनि थिएन।अहिलेपनि सार्वजनिक रुपमा त्यो कुरा बाहिर आएको छैन। तर आकांक्षी हुन अस्विकार गरेको या होइन भनेको, खण्डन गरेको अवस्था पनि कतै छैन ।

एनआरएनमा जमुना गुरुङको योगदान र भूमिका

जमुना गुरुङ नै अध्यक्ष किन ? भन्ने सम्बन्धमा अन्तिमका चारवर्ष सबैभन्दा धेरै समय दिने एनआरएन पदाधिकारीहरुमध्ये जमुना गुरुङ पनि एक हुन् भन्दा अत्युक्ती नहोला । सामाजिक सेवामा अहोरात्र खटिने उहाँ दशौँ पटक लाप्राक पुगेर, महिनौ काम गर्नुभएको हो । आइसीसी सदस्य जमुना गुरुङसंग सबैजसो एनआरएनए गतिबिधिमा अध्यक्ष डा. घलेसँग सहभागी भएर हरेक गतिविधिमा अध्यक्षले गर्ने कामको नजिकबाट गरेको राम्रो अनुभव छ ।

यतिमात्र होइन सँस्थाभित्रको मनमुटावमा पनि समाधान गर्न लागि परेका थुप्रै उदाहरणहरु उहाँसँग छन् । यतिमात्र होईन एक उहाँ एक सिक्षित र सवल महिला उध्यमी एवं एउटा सम्भावित उम्मेदवार मध्ये एउटा दरिलो आकांक्षी पनि हुनुहुन्छ  । यदि यसो भयोभने अमेरिका, अष्ट्रेलिया, बेलायत, हंगकंग, कोरिया लगायतको ठूलो हिस्सा जमुना गुरुङतर्फ लाग्ने छ । डा. घलेका फ्यानहरुलाई फेरि पनि अर्को उर्जा जाग्ने छ।

अध्यक्ष डा. घलेको  कार्यकाल र उपलब्धी 

पहिलो कार्यकालमा अध्यक्ष डा. शेष घलेको योगदान भनेको संस्थालाई संस्थागत गर्नु, अफिस ब्यबस्थापन, संस्थाको मुख्यालय क्याम्पस बनाउन अभियान चलाउनु, थुप्रै प्रोजेक्टहरु संचालन गर्नु, एनसीसीहरुको विस्तार गर्नु, यूके र अन्य धेरै एनसिसिहरुका विवादको समाधान, अमेरिकाको एनसीसीमा सकारात्मक उर्जा प्रवाह गर्न मात्र होईन एक महिना लामो समय अमेरकाका बिभिन्न शहरमा गएर नेपालीहरुमा आफ्नो कुराहरु राख्ने लगायत थुप्रै कुरा भएका थिए। 

दोश्रो कार्यकालमा भने महाभूकम्प र बाढीपहिरो जस्ता दुइ-दुइवटा आपतकालिन संकट आइलाग्नुले गर्दा कतिपय काम पछाडी परेता पनि संस्थालाई नयाँ युगमा लैजान सुरुवात गर्नु नै अध्यक्ष डा. घलेको मुख्य योगदान हो। संस्थाको मुख्यालय क्याम्पस, लाप्राक प्रोजेक्ट, “NRNA Vision 2020 and Beyond” बिशेष हेरिएका छन्।

अध्यक्ष डा. घलेको NRNA Vision 2020 and Beyond एउटा यस्तो योगदान रह्यो कि जसले यो वर्ष त ठूलो कुरा नदेखाउला तर आगामी समयमा संस्था र नेपाली जातिलाई बेग्लै मार्गमा लैजान सक्ने निर्दिष्ट बाटो भने पक्कै देखाउनेछ । यसको सफल कार्यान्वयन भयोभने एनआरएनहरुमा डा शेष घले एउटा भिजन र सँस्थागत स्वरुप दिने बिरासत सावित हुने पक्का छ।

अध्यक्ष डा. शेष घले र उपाध्यक्ष भबन भट्टको आपसी तालमेल र सम्बन्ध

अध्यक्ष डा. शेष घले र उपाध्क्ष भबन भट्टको आपसी सम्बन्ध कसरी र कति लामो भन्ने कुरा एकिनका साथ भन्न सकिने अवस्था सकिने अवस्था छैन तथापि  डा. घले दोश्रो कार्यकालमा आकांक्षी हुने हो भने म आफू प्रतिस्पर्धी हुन्न र सघाउँछु भन्ने कुरा भने उपाध्यक्ष भबन भट्टले सार्वजनिक रुपमा नै व्यक्त गर्नुभएको थियो । सो अनुसार गत निर्वाचनमा पनि उपाध्यक्ष दोहोरिएर सोही वचन पुरा गरेको कुरा सबैलाई थाहा छ । यो अर्थमा उपाध्यक्ष भबन भट्ट र डा. घलेबीचको संबन्ध फरक बाटोमा जाला भन्ने धेरैको बुझाइ छैन। अब, दुइमा एक अवस्था हुन सक्छ, किन त भबन भट्टले सघाउनु पर्यो कि डा. घलेले या दुवै आपसमा भिड्नुपर्यो ।

उपाध्यक्ष भबन भट्टको  विकल्प

हुन त आफ्नो योजना भबन भट्ट जस्तो माहिर ब्यबसायीसँग पक्कै होला । तरपनि टेण्डेन्सीको अध्ययनको बुझाइमा उपाध्यक्ष भबन भट्टका अगाडि यो अवस्थामा चार बिकल्प देखिन्छन् । पहिलो हो, जो जो अगाडि आए पनि अध्यक्षको उम्मेदवार हुने, दोश्रो, डा. शेष घलेको समर्थन लिएर कुमार पन्तसँग प्रतिस्पर्धा गर्ने, तेश्रो, जमुना घलेलाइ सघाएर जाने आफु ब्याक हुने,चौथो, उपाध्यक्ष कुमार पन्तलाइ फेरि उपाध्यक्ष बनाएर जमुना घलेसँग प्रतिस्पर्धा गर्ने।

उपाध्यक्ष कुमार पन्तसँग तीन विकल्प

जसरी उपाध्यक्ष भबन भट्टका चार विकल्प छन् उपाध्यक्ष कुमार पन्तको भने जम्मा तीनमात्र विकल्प अनुमान गर्न सकिन्छ । पहिलो हो, अध्यक्षको उम्मेदवार हुने, आएजतिसँग लड्ने, दोश्रो, भबन भट्टसंग मिलेर दोश्रो पटक उपाध्यक्ष भएर जाने,तेश्रो हो, एकल रुमपा जिवा  लामिछानेको समर्थनमा उपाध्यक्ष दोहोरिने ।  जिवा  लामीछानेले कुमार पन्त फुत्कन नदिने, जिवा  र डा. घले कहिलै नमिल्ने जस्ता कारणहरुले  जमुना घले र कुमार पन्तको अलायन्स हुने कुनै गुन्जाईस नरहेको एनाआरएनए श्रोत बताउँछ ।

डा. घले र जमुना गुरुङ अमेरिका आउने प्रवल सम्भावना

अध्यक्ष डा. शेष घलेलाई अमेरिका आउने योजना छ कि छैन ? भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो  यसबारे कुरा त चलेको हो, बोलाउनु पनि भएको छ तर विश्व सम्मेलन सम्पन्न गर्नुपूर्व ३/४ हप्तामा थुप्रै काम गर्नुपर्ने, धेरै नै ब्यस्त भएको कुरा उहाँले बताउनुभएको छ । तर पनि जमुना घले आगामी अध्यक्षको प्रत्यासी हुने हो भने अमेरिकाको एक होइन दुइ तीन होइन, चार-चार वटा झगडा मिलाउनु जरुरी छ । यसकारण पनि अध्यक्ष डा. शेष घले र आइसीसी सदस्य जमुना गुरुङ अमेरिका आउने सम्भावना प्रवल रहेको छ।

उपाध्यक्ष भबन भट्ट अमेरिका आउने 

 उपाध्यक्ष भबन भट्ट पनि बिगत दुइ महिना अगाडि देखि नै अमेरिका आउने जानकारीमा आएको छ ।

उपाध्यक्ष कुमार पन्त पनि अमेरिका आउने सम्भावना 

धेरै भोट भएका कारण चुनावी माहोल तात्तिंदै गएकाले अध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष कुमार पन्त पनि अमेरिका आउने प्रवल संभावना छ। तर यो कुराको कुनै आधिकारिक जवाफ भने आएको छैन।

अध्यक्ष डा. घलेको अधिक समय झगडा मिलाउनमा सकिने

अमेरिका आउँदा अध्यक्ष डा. घले र आइसीसी सदस्य जमुना गुरुङको सबैभन्दा धेरै समय झगडा मिलाउनमा खर्चिनुपर्ने निश्चित छ। त्यसमाथि पनि भर्खरको निर्वाचनले बिभाजित भएको समुदायलाइ एकातिर मिलाउनको लागि त्यस्तो अर्को कुनै शक्ति पनि छैन। 
निर्वाचन जित्नको लागि गौरी जोशीलाइ थन्काएर आफूलाई सघाउने अनि आगामी विश्व सम्मेलनमा कुमार पन्तलाइ सघाउने बाचा-बन्धन गरेका डा. केशब पौडेललाइ आफ्नोतर्फ फर्काउनु एउटा काम छ । अर्को कुरा २५०० को हाराहारीमा फ्लाश ड्राइभको फेक मतले जितेका डा. केशब पौडेल र त्यसै कारण हराइएकी रबिना थापा टिमबीच आफ्नै रोहवरमा मिलाउनुपर्ने अर्को टड्कारो आवश्यकता पनि रहेको छ।
 बजारमा आएको जस्तो क्षेत्रीय संयोजक सोनाम लामा र भबन भट्टबीचको अलायन्सले दुरी बढेको भनिएको अध्यक्ष डा. घले र अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाबीचको दुरी घटाउनुपर्नेछ । लामालाई उताबाट होइन आफ्नै टिमबाट उपाध्यक्ष उठाउनु या भनौ टिममा मिलाउनु पर्ने अर्को काम छ।

 उपाध्यक्ष कुमार पन्तले आफ्नो टिमको उपाध्यक्षको उम्मेदवार बनाएर जिताउँछु भनेर उक्साएर एनसीसी अमेरिकाका अध्यक्ष डा. केशब पौडेल आफूतिर आएपछि हारेर घर न घाटको भएका आइसीसी सदस्य तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी र क्षेत्रिय संयोजक सोनाम लामाबीचको दुरी कम गराएर मिलाउनुपर्ने अर्को काम छ।

एनसीसी अमेरिकाका आउट गोइङ्ग तथा फर्जी मतले पुन: जितेका अध्यक्ष डा. केशब पौडेलमा ति सबै झगडा मिलाएर लैजाने क्षमता, इच्छा र तत्परता केहिपनि छैन। फेक मतले जितेका उहाँको रोल भनेको एउटा मशिनको जस्तै मात्र हो, विवेक र सहकार्य भन्ने कुनै गुण नै छैन । अनि डा. पौडेल मिलाएर लैजाने त्यो खालको नेतृत्व दिने व्यक्तिपनि उहाँ होइन । अन्यथा नलिने हो भने, थर र जिल्लाअनि राजनैतिक पार्टीलाइन पनि मिलेर होला, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको जस्तै आफ्नो स्वार्थको लागि जो कोहिलाई प्रयोग गर्ने र प्रयोग गरिइसकेपछि लात मार्ने एकलकाँटे बानी छ डा. पौडेलमा ।

यी सबै खालका झगडा नमिले एनसीसी अमेरिकामा ठूलो संख्यामा ध्रुवीकरण आउनेछ। उक्त विभाजनले आगामी विश्व सम्मेलन र नेतृत्वमा अमेरिकालाइ त घाटा हुन्छ नै आवद्द जो कोहिलाई पनि त्यसको असर पर्दछ । यी सबै कारणले पनि अध्यक्ष डा. घलेको अमेरिका आगमन महत्वपूर्ण र आवश्यक छ। त्यस बाहेक अध्यक्ष डा. घलेले साधारण सभालाई सम्बोधन गर्ने र अन्य भेटघाट गर्ने काम भने यथावत नै रहने छ ।

प्रतिक्रिया दिनुहोस्