Logo

कस्ता छन् एनआरएन युएईको महासचिवका प्रत्यासी हस्तीहरु ?

                                                                                कृष्ण पौडेल

रामप्रसाद ढुंगेल, दस्तावेज भाद्र २७ गते मंगलवार २०७४,युएई –  गैरआवासीय नेपाली संघ युएईको १५ सेप्टेम्बरमा आयोजना हुन लागेको सातौं अधिवेशनमा महासचिव पदमा को विजयी बन्ला ? उक्त पदमा उम्मेदवारी दिएका झापा निवासी निश्चल दाहाल र मोरङ निवासी कृष्ण पौडेलमध्ये को कति लोकप्रिय होलान् ? युएईको नेपाली समुदायमा आ-आफ्नो परिचय, पहिचान र आकार बनाएका यी हस्तीहरुका पक्षमा कति अधिवेशन प्रतिनिधिहरु होलान् ? अध्यक्ष पदका दुई प्रत्यासी रमेश श्रेष्ठ र सालिक सुवेदी झैं महासचिवका प्रत्यासी पौडेल र दाहालबीच पनि रोमाञ्चक चुनावी दौड सुरु भइसकेको छ ।

 अधिवेशन प्रतिनिधिलाई प्रत्यक्ष भेटेर वा फोन सम्पर्क गरेर दुवैले आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । आआफ्नो प्यानलबाट उम्मेदवारी दिएका दाहाल र पौडेल दुवैलाई प्यानलको गठबन्धन कायम राख्दै आफ्नो पक्षमा प्रतिनिधि तान्न हदैसम्मको कसरत गरिरहेका छन् । सालिक सुवेदीको प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका दाहाल आफू पूर्व कमिटिमा युवा सञ्जाल संयोजक भई काम गरिसकेको अनुभवलाई महासचिव पदमा पुगेर झनै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता गर्दै एकपटक आफूलाई अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

 रमेश श्रेष्ठ प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका पौडेल आफूले युएईमा मात्र नभएर नेपालमै रहँदादेखि सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई एनआरएनमा समर्पित गरेर काम गर्न योग्य रहेको दाबी गर्छन् ।

                                                              निश्चल दाहाल

 के कस्तो छ निश्चल दाहालको पृष्ठभूमि ?

गैरआवासीय नेपाली संघ युएईको २०१५–१७ कार्यकालमा युवा सञ्जाल संयोजक रहिसकेका पृथ्वीनगर झापाका निश्चल दाहाल युएईमा नेपाली युवापुस्ता माझ लोकप्रिय व्यक्तित्व हुन् । प्रस्टवक्ता, जुझारु र आफ्नो वचनमा प्रतिबद्ध रहने दाहाल पछिल्लो समय सामाजिक कार्यहरुमा अग्रस्थानमा रहेको झापाली समाज युएईका सल्लाहकार सदस्य समेत हुन् ।

अंग्रेजी विषयमा एमए पास गरेका दाहाल रासअल खेमामा एक रेस्टुरेन्ट सञ्चालन गरी बसेका छन् । सन् २०११ मा वैदेशिक रोजकारीका सिलसिलामा युएई आएका उनी विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै गैरआवासीय नेपाली संघमा आबद्ध भएता पनि दाहालको मुख्य लक्ष्य नेपालीहरुले बिदेसिनु नपर्ने वातावरण सिर्जना गर्न नेपालमै स्वरोजगारमूलक काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अघिल्लो कार्यकालमा युवा सञ्जाल संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका दाहालले विभिन्न सामाजिक कार्यमा अभियन्ता बनेर कार्यक्षमताको उदाहारण दिईसकेका छन् ।

गत वर्षको बाडी पीडितहरुको राहतका लागि विभिन्न देशबाट राहत संकलन गर्ने र वितरण गर्ने काम गरिसकेका दाहालले एनआरएनमै रहँदा पनि सिस्नोपानी नेपालको सहकार्यमा भएको दुई थोपा हाँसो कार्यक्रमको संयोजक भएर काम गरिसकेका छन् । “बौद्धिक, सबल एवं सहज एनआरएन आजको आवश्यकता, एनआरएन सबैको साझा बनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा लिएर महासचिव पदमा उठेका दाहाल आफूलाई स्वततन्त्र उमेद्वार घोषणा गर्छन् ।

नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरुमा एनआरएनको अक्षयकोष स्थापना, युएईमा रहेका संघ सस्थाहरुसँगको सहकार्य साथै मध्यपूर्व तथा खाडीमा रहेका नेपाली श्रमिकहरुका समस्या अन्तर्राष्ट्रिय स्तरमा समाधानको पहल, एनआरएन युएईलाई राजनीतिबाट मुक्त राख्ने उनका भावी योजनाहरु रहेका छन् । कस्तो छ कृष्ण पौडेलको छवि ? नेपालमा करिब एक दशक शिक्षण गरी रोजगारीका लागि सन् २००८ मा युएई आएका पौडेल एक समझदार, परिपक्व, सरल र सर्वप्रिय व्यक्तित्व हुन् ।

पथरी शनिश्चरे समाज युएईको तीन वटा कार्यकालमा अध्यक्ष भइसकेका पौडेल युएईको नेपाली समुदायमा सञ्चालित विविध अभियानहरुमा आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिसकेका व्यक्तित्व हुन् । अनिस खालिङ बचाउ अभियानमा लेखा संयोजक, सिन्धुपाल्चोक बाढीपीडित सहयोग अभियानदेखि लिएर महाभूकम्पको विपत्तिमा अभियन्ता बनेर काम गरिसकेका पौडेल नेपाल सहकारी समन्वय परिषद, युएईका संयोजक, नेपाली प्रवासी मञ्चका सचिव समेत हुन् । उनले आफू महासचिवमा निर्वाचित भएमा सबै पन्जिकृत सदस्यहरुलाई राहतको प्याकेज घोषणा गर्ने, एनआरएनको गरिमालाई अझ उचो पार्ने, युएईमा कार्यरत नेपालीहरुलाई आइपरेका सबै समस्याहरुलाई समाधान गर्ने, भिजिट भिसाले निम्त्याएका समस्याहरुको न्यूनीकरणका लागि नेपाली राजदूतावाससँग मिलेर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्