Logo

एनआरएन युएईको लागि ३७ जनाको उम्मेदवारी दर्ता

रामप्रसाद ढुंगेल,दस्तावेज भाद्र २७ गते मंगलवार २०७४ युएई – एनआरएन युएईको आगामी कार्यकालका लागि ३७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार सालिकराम सुवेदीको उम्मेदवारी परेको छ । विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका दाङका सुवेदी र करिब १ दशकअघि देखि रोजगारीपश्चात ब्यापार व्यावसाय गर्दै आएका स्याङजाका श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा नेत्रप्रसाद शर्मा, निर्मलकुमार पोखरेल, बालकृष्ण मरासिनी र लक्ष्मण श्रेष्ठ चार जनाको उम्मेदवारी परेको छ । महासचिव पदमा हालका युवा सञ्जाल संयोजक निश्चल तीर्थ दाहाल र युएईका लोकप्रिय सामाजिक अभियन्ता कृष्णप्रसाद पौडेलको उम्मेदवारी परेको छ । एक सचिव पदका लागि राजेश बोहोरा र नीलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसरी नै एक कोषाध्यक्ष पदका लागि राजु केसी र बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् । युवा सञ्जाल प्रतिनिधिमा नवीन पौडेल र महिला संजाल प्रतिनिधिमा मोतीकुमारी राईको उम्मेदवारी परेको छ । उक्त पदहरुमा एकएक जनाको उम्मेदवारी परेको र दुबै जनाविरुद्ध कुनै दाबीबिरोध नआएको खण्डमा स्वतः विजयी बन्ने समितिले जनाएको छ ।

एनआरएनए एनसीसी युएईको आगामी २०१७/१९ कार्यकालको केन्द्रिय सदस्य पदमा विदुर न्यौपाने, सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओमप्रकाश उप्रेती, शमशेर योन्जन, राजन खतिवडा, जीवन दास, केशव शर्मा, विष्णुहरि बगाले, लक्ष्मण काफ्ले, दुर्गाप्रसाद काफ्ले, तोरणदत्त सुवेदी, टकबहादुर गुरुङ, धर्मेन्द गोइवाल, नरबहादुर सेन, नगेन्द्र प्रसाई, असार तामाङ र सागर लुईटेल गरी १९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले उम्मेदवारहरुको नामावली फिर्ता, दाबी बिरोध गर्ने समय आदि कामका कारण ९ सेप्टेम्बरमा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ । एनआरएनए एनसीसीको सातौ अधिवेशन आगामी १५ सेप्टेम्बर दुबईमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्