Logo

पत्रकार पाण्डेयको विजय निश्चित, विपक्षमा ७ दल र सामाजिक संस्थाको अलायन्स

 स्तावेज संवाददाता भाद्र २४ गते शनिवार २०७४,लिस्वन पोर्तुगल – नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यकारी सदस्य पत्रकार गणेश पाण्डेय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० सेप्टेम्वर २०१७ मा हुने छैठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनको विपक्षमा राजनीतिक ध्रुविकरण शुरु भएको छ ।

जसमा तिन जनाको उपाध्यक्ष पदका लागि ४ जना गणेश पाण्डे, कमल गुरुङ , कान्छाराम बुढाथोकी र गोविन्द प्रसाद सापकोटा प्रतिस्पर्धा गर्दैछन। चार जना प्रतिस्पर्धीहरुमा गणेश पाण्डेय स्वतन्त्र पत्रकार हुन् भने गोविन्द प्रसाद सापकोटा (एमाले), कमल गुरुङ (नेपाली काँग्रेस) र कान्छाराम बुढाथोकी (माओवादी केन्द्र) निकट हुन् । पछिल्लो समयमा पोर्चुगलमा भएगरेका विकृति तथा विसंगती हरुलाई चिरफार गर्ने क्रममा अत्यन्तै खरो उत्रिएका पत्रकार पाण्डेको पक्षमा लहर बढ्न थालेपछि उनको विपक्षमा तिन दलिय ध्रुविकरण शुरु भएको हो ।

खोज पत्रकारितामा परिचित पाण्डेयले पछिल्लो समयमा युरोपमा भएका मानव तस्करी,सोसियल काण्ड, ठगी काण्ड,संस्थागत भ्रष्टाचार, जालसाजी साथै एनआरएनए भित्रका विकृति विसंगतिहरुलाई समेत सतहमा ल्याउने काम गरेका छन् । फलस्वरुप केही समय अगाडी एनआरएन प्रवक्ताले हातपातमा उत्रिएको खबर सार्वजनिक भएको थियो । नेपाल पत्रकार महासंघ युरोप शाखाले भर्त्सना गरेको थियो। यति मात्र होइन समाचार लेखेकै कारण उनलाई बेलाबेलामा ज्यान मार्ने धम्की समेत आउने गरेको विषयमा पत्रकार महासंघ युरोप शाखाले विज्ञप्तीनै निकालेको थियो ।

सामाजिक विसंगति र समाज सुधारको लागि सधैँ लागिपर्ने पाण्डेयले ” संकटकालमा एक फन्को “अभियानमा सन् २००१ मा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना फैलाउन नेपालको ५४ जिल्ला साइकलमा भ्रमण गरेका थिए। भारत र बंगलादेशमा पनि सोही संदेश लिएर साइकल भ्रमण गरेको पाण्डेय बताउछन् । पाण्डेय सन् १९९८ देखि हालसम्म मानवअधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलसंग आबद्ध छन्। लियो क्लब पश्चिम नेपालका संस्थापक अध्यक्ष हुँदै जेसीज इन्टरनेसनल र लायन्स क्लब जस्ता बिशुद्द सामाजिक संस्थामा काम गरेको अनुभवपनि  पाण्डेयसंग छ ।

करिब डेढ दशक पत्रकारिता गरेका पाण्डेयसंग रेडियो, छापा र टेलिभिजन पत्रकारिताको अनुभव छ। नौ वर्ष शिक्षण पेशामा बितायेका पाण्डेय सन् २००७ मा उच्च शिक्षाको लागि बेलायत गएका थिए। बेलायतको वेल्स विश्वविध्यालयबाट २०१० मा एमएस्सी गरेका पाण्डेयले सन् २०१२ मा सन्डरल्याण्ड विश्वविध्यालयबाट एम.बि गरेका हुन्।

सन् २०१२ मा एम्नेस्टी इन्टरनेसनल यूकेका लागि यूरोपका ६ देशमा फण्डरेजिङ्ग साइकल यात्रा गरेका पाण्डेय एम्नेस्टी इन्टरनेसनल बेलायतका फण्डरेजर हुन् ।पाण्डेय २०१५ मा पोर्तुगल बसाई सराई सँगै एम्नेस्टी इन्टरनेसनल पोर्तुगलसंग आबद्ध छन्।यसरी छोटो समयमै सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पाण्डेयले पोर्चुगलको समग्र नेपाली समाजको जितका लागि जित्नुपर्ने धारणा सर्वसाधारणको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्