Logo

एन. आर .एन. ए. ITALY को पाँचौँ महाधिवेशनमा कला पन्थ निर्बिरोध निर्वाचित

स्तावेज, भाद्र १२ गते सोमवार २०७४ – एन. आर .एन. ए. ITALY को पाँचौँ महाधिवेशनमा कला पन्थ महिला प्रतिनिधिमा निर्बिरोध निर्वाचित हुनुभएको छ । Work Permit Visa मार्फत सन् २०११ मा युरोप आउनुभएको उहाँ  स्कुले जीवनदेखि नै विभिन्न सभा तथा गोष्ठीहरुमा महिला हिंसा विरुद्ध आवाज उठाउनुहुन्थ्यो । फुर्सदको बेलामा पुस्तक पढ्न मन पराउनुहुने कला पन्थ , समाजको सन्तुलित विकासको लागि महिलाहरूको क्षमताको पहिचान गरी उचित अवसर पनि दिनुपर्ने कुरामा जोड दिनुहुन्छ ।

    महिला हिंसा सम्बन्धी समस्या केही हदसम्म कम्ती भए पनि पूर्ण रूपमा कम्ती नभएको परिप्रेक्ष्यमा महिला नै अझ सशक्त भएर लाग्नुपर्ने कुरामा जोड दिनुहुन्छ ।युरोपमा पनि नेपाली महिलाहरूको पिडालाई सक्दो सम्बोधन गर्छु भनेर द्दढ विश्वास प्रकट गर्ने कला पन्थले त्रिचन्द्र  कलेजबाट sociology / anthropology मा मास्टर्स गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्