Logo

राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

वराज क्षितिज,दस्तावेज संवाददाता,आवुधावी युएई,भाद्र३,शनिबार,२०७४-  नेपालको ग्रामीण भेकमा सूचना प्रबिधी पुर्याउने समाजसेवी महाबिर पुनको ” राष्ट्रिय आविष्कार केन्द्र”लाई आर्थिक संकलन गरि सहयोग गर्न यु. ए.ईमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । एम बहादुर पुरकोटीको संयोजकत्वमा गठिक सो कार्यसमितिमा कृष्ण आचार्य , कृष्ण ढकाल, टक गुरुङ ,घनश्याम भण्डारी ,वालकृष्ण अर्याल, मेघ प्रनेश तथा सन्तकुमार सोताङ्ग सदस्य रहेका छन् । ”

राष्ट्र निर्माणमा प्रबासबाट आर्थिक सहयोग अभियान” नाम राखिएको यो कार्यसमिती मार्फत अहिलेसम्म संकलन भएको रकम रु: ५१,६२३ अक्षरुपी( रु एकाउन्न हजार छ सय तेईस रूपमा मात्र ) गत अगस्ट १७ तारिकमा ” राष्ट्रिय आविष्कार केन्द्र ” को खातामा पठाइसकेको जनाइएको छ । आवश्यकताले आविष्कार जन्मन्छ भन्ने महावीर पुन सन् 2007 मा म्याग्सेसे पुरस्कार बिजेता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्