Logo

पूर्वी नेपाल बिकास सहकार्य केन्द्रद्दारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

ज्याक खड्का,दस्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४,टोकियो, जापान –  हाल नेपालमा प्राकृतिक प्रकोपले देशको बिभिन्न भागमा दिएको पिडाबाट बिचलित नभई सबैले सहानुभूति एवं सद्भाव र सहयोग गर्ने उद्देश्यले पूर्वी  नेपाल बिकास सहकार्य केन्द्र जापानले सम्पुर्ण जापानबासी नेपालीहरुबाट राहत संकलन गरिरहेको छ।
 
       संकलित रकम पीडित समक्ष पुर्याउने उद्धेश्यले बाढी पहिरो प्रभावित क्षेत्रहरु (झापा, मोरङ, सुनसरी, सप्तरी लगाएत अन्य प्रभावित जिल्लाहरु) मा स्थानिय प्रतिनिधी लगायत अन्य ब्यक्तिहरुको प्रतिनिधी टोली तयार गरि अति प्रभावित परिवारहरुको पहिचान गरि सहयोग गर्ने उद्देश्य रहे अनुसार संकलित रकममध्ये पहिलो चरणमा सुनसरीको लागी जापानी ८०,००० एन सिटी एक्सप्रेस मार्फत पठाएको जानकारी केन्द्रका अध्यक्ष सुभास लोहनीले जानकारी दिएका छन्।
 
    केन्द्रका सल्लाहकार बेद काफ्लेको उपस्थितीमा युवा बिकास मन्च सुनसरीका अध्यक्ष मिलन त्रिताल र स्थानिय प्रतिनिधिहरुको उपस्थितीमा सहयोग समन्धित पिडीतलाई हस्तान्तरण गर्ने कुरा समेत लोहनीले जानकारी दिएका छन् । अन्य जिल्लाहरुमा पनि प्रतिनिधी समुह गठन गरिएको र केही दिन भित्रमा नै सम्पुर्ण रकम पिडीत समक्ष पुर्याउने कुरा केन्द्रका कार्यबाहक सचिव भुवन रोकाले जानकारी दिएका छन्। यो अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्वहरुलाई धन्यबाद दिदै सहयोग संकलन अभियान केही दिन अझै चल्ने भेएकोले यसमा सहभागी भई राष्ट्रको बिपद कमगर्न रोकाले केन्द्रको तर्फबाट सम्पुर्ण जापानबासी नेपालीहरुलाई आव्हाहन गरेका छन् ।
 
     सहयोग गर्न चाहनुहुनेको लागी बिबरण: संस्थाको खाता नन्बर 10110-91399221 ヒガシネパールカイハツキヨウリョクセンターニホン सम्पर्क: सुभास लोहनी: 080-1186-5791 भूपी गोविन्द श्रेष्ठ: 090-1405-3397 भुवन रोका: 080-3443-7303 कुमार कार्की: 080-4736-8173 डिल्लिराम शिवाकोटी: 080-4675-4441 अनिता गुरुङ: 080-4353-2172 जगत बहादुर खडका (ज्याक): 080-6622-1972 नरेन्द्र बस्नेत: 090-9169-8550 सरोज भेटवाल: 080-4155-9586
प्रतिक्रिया दिनुहोस्