Logo

किँरात राई यायोक्खाका बरिष्ठ उपाध्यक्ष र महासचिब सचिब संघीय समाजबादी फोरममा प्रबेश

 ज्याक खड्का,दस्तावेज संवाददाता ,श्रावण २७ गते २०७४ टोकियो, जापान –  नेपाली संघीय समाज जापानको प्रशिक्षण ,पार्टी प्रबेश तथा तेस्रो भेला सम्पन्न भएको छ । आजा टोकियोको Suginamiku khamitakaido मा अबस्थित Asian Collabo Restaurant मा सम्पन्न भेलाबाट जलन राई अध्यक्ष ,बरिष्ठ उपाध्यक्ष डेनी तामाङ ,उपाध्यक्ष पारसमणी आचार्य ,महासचिब सागर राई ,सचिब ,पुनकाजी महर्जन , कोषाध्यक्षमा एल्जीना राई रहने गरि २१ सदस्यीय कान्तो क्षेत्रीय कमीटी पुनर्गठन गरिएको छ ।
 
सोही भेलालाई केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले सम्बोधन तथा दुई घण्टा लामो प्रशिक्षण दिनुभएको थियो भने सम्बोधन तथा प्रशिक्षणको क्रममा उपाध्यक्ष  श्रेष्ठले पार्टीका तत्कालीन तथा दिर्घकालिन रणनीति,समसमायीक राजनैतिक , बीचार मील्ने शक्तीहरु बिचमा ध्रुबीकरण सम्बन्धी पार्टीको आधिकारिक धारणा तथा भेलामा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । सोही भेलामा कीरात राई यायोक्खा जापानका बरिष्ठ उपाध्यक्ष जलन राई ,महासचिब एन्जल सागर राई ,पुर्ब प्रोफेसर डेनी तामाङ सहीत १५ जनालाई नेपाली संघीय समाज जापानका माहसचिब सन्जीब राईले खादा ओडाई पार्टी प्रबेश तथा सपथ ग्रहण गराऊनुभएको थियो  भने नव प्रवेशीहरुलाई पूर्वमन्त्री श्रेष्ठले शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्