Logo

गैह्र आवासीय नेपाली संघमा बिजयराज अधिकारीको उम्मेदवारी

वराज क्षितिज दस्तावेज संवाददाता आवुधावी युएई ,श्रावण ३० गते सोमबार, २०७४ – बिगत पाँच बर्षदेखि कतारलाई आफ्नो कर्मथलो बनाउँदै आएका बिजयराज अधिकारी , गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा खुल्ला सदस्य पदको लागि उम्मेदवारी दिएका छन् । नेपाली पत्रकारितामा क्षेत्रमा दशक भन्दा लामो अनुभव बटुलेका बिजयराज अधिकारी, कालिका एफएममा धेरै श्रोताहरुले रुचाएका कार्यक्रम प्रस्तोता थिए ।

नेपाली पत्रकारिताबाट समाजसेवा गरेका बिजयराज अधिकारी , अब प्रवासबाट खुलेर समाजसेवा गर्नको लागि आफ्नो  उम्मेदवारी  दिएको जनाएका छन् । आफू स्वयं प्रवासमा रहेको र प्रवासी नेपालीले भोग्नुपरेका समस्याहरुलाई नजिकबाट प्रत्यक्ष छोएका र छामेका बिजयराजले , ती तमास समस्याहरुलाई एन आर एनका तर्फबाट सकृय भएर समाधान गर्न आफुले सक्दो कोशिस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्