Logo

पर्वतका केशव श्रेष्ठले कोरियामा लेखे यस्तो सुसाइड नोट

दस्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४,  पर्वत – रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानाका केशव श्रेष्ठले ‘सुसाईड नोट’  लेखेर आत्महत्या गरेका छन्। बिरामी भएको बेला घर जान्छु भन्दा कम्पनीले छुट्टी नदिएको कुरा उनले ‘सुसाईड नोट’ मा लेखेका छन् ।   २८ वर्षीया श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन् ।

   नोटमा उनले लेखेका छन,‘कम्पनीले पनि ल्याङ–ल्याङ गर्छ , पेपर दे घर जान्छु भन्दा पनि दिँदैन ,मेरो अकाउन्टमा ३२ लाख वन छ ,यसमा बुढी र बहिनीलाई दिनुहोला।’  करिब १५ महिना अगाडि कोरिया पुगेका श्रेष्ठले छुन्जुस्थित कार्यरत कम्पनीको छतमा जाने भर्‍‍याङमा झुण्डिएर आत्महत्या गरेका हुन् । यसअघि उनले स्वास्थ्य उपचारमा समस्या देखिएपछि घर फर्कन चाहेका थिए। तर कम्पनीले बिदा दिएन । 

 उनले बिरामी भएपछि निद्रा नलाग्ने गरेका कारण नियमित रुपमा निद्रा लाग्ने औषधिको सेवन गर्दै  आएका थिए । श्रेष्ठको शव छुन्जुस्थित स्थानीय अस्पतालमा राखिएको छ ।  केशवका दाजु पनि रोजगारीको सिलसिलामा कोरियामा रहँदै आएका छन् । केशव कार्यरत कम्पनीमा अन्य ९ जना नेपालीले काम गर्दै आएका छन्। सोही कम्पनीमा ३ दिनअघि मात्र गुल्मीका विष्णुप्रसाद घिमिरेको काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली ई.पी.एस. मार्फत रोजगारीका लागि कोरिया पुग्ने नेपाली युवाहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्