Logo

ओछ्यानमै टुट्यो गोरखाका गुरुङको सपना, जापानमा नेपाली बिध्यार्थीको असामयिक निधन

 

ज्याक खड्का दस्तावेज संवादादाता,टोकियो ,जापान – जापानमा अध्ययनरत गोरखा जिल्ला घर भएका डम्बरबहादुर गुरुङको असामयिक निधन भएको छ । जापानको कोवेमा भोकेशनल कलेज सेनमनमा अध्ययनरत गोर्खा घ्याल्चोकका २६ बर्षिय गुरुङ सुतेकै ठाउँमा अचेत भेटिएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो । सोमबार राती कामबाट फर्कीएर राती १० बजेपछि सुतेका गुरुङ बिहान हातखुट्टा चलाउन नसक्नेगरि सुन्निएको अवस्थामा भेटिएको र अस्वाभाविक रुपमा कराएपछि एउटै कोठामा बस्ने सपन चेम्जोगंले अस्पताल लगेका थिए । 

  अस्पताल लैजाने क्रममा एम्बुलेन्समा स्वास्थ्यकर्मीले उनको निधन भएको बताएका थिए भने अस्पताल पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । चुरोट, मादक पदार्थ लगायतका अम्बली नरहेका गुरुङको अकस्मात निधनको कारण खुल्न सकेको छैन । चिकित्सकको रिपोर्ट नआएपनि हृदयघात भएको हुनसक्ने ठानिएको छ । दिनभर काम गरेर आएर सुतेका गुरुङ अविवाहित हुन् । एउटै कोठामा बस्दै आएका सपन चेम्जोगंले भने भेट नभएको तीन दिन भएको थियो, हिजो चाहीं सँगै आएर खाना खाएर सुतेको सबै ठिक थियो केही भएको थिएन ।

 बिहान एक्कासी ऐठन भएको जस्तो गरि हुँ हुँ गर्यो उठाउन खोज्दा सकिन अनि नजिकै बस्ने मायाँ भन्ने साथीहरुलाई बोलाएर अस्पताल लैजाँदा त्यस्तो भयो । सपनका अनुसार गुरुङको निधनको बारेमा जापान प्रहरीले उनि र उनको साथिहरुसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धान थालेको र प्रहरीको रिपोर्ट समेत नआउँदा तनाव बढेको भन्दै शव नेपाल लैजाने कि यहि सद्गत् गर्ने  कुरा   केही हुन नसकेको बताए ।

  निहोन गाक्को सँगै अध्ययन गरेका उनका अर्का साथी सगुनले दिएको जानकारी अनुसार सेनमन गाक्को अध्ययनमा गाक्को पाउन कठिन भएको र आफुले सिजुओखा रोजेको र उनले कोबे रोजेको भन्दै उनि मिलनसार र मेहनती भएको बताए । सगुनले दस्तावेज डटकम सँगको कुराकानीमा भने जिमि मायाँ, सपन चेम्जोंग र गुरुगं कोबे गए म चाहिं सिजुओखा आएको थिएं । आफुलाई जसरी पनि जापान बस्नुछ सेनमन गाक्को जसरीनि मिलाउनुपर्छ भन्ने गरेको स्मरण गर्दै सपनले भने पैसा कमाएर घर परिवारमा केही गर्नुपर्छ भन्थ्यो, फेरी भेट्नुपर्छ एकपटक रमाइलो गर्नुपर्छ भन्थ्यो अकस्मात निधनको खवर मैले पत्याउन सकिराखेकै छैन । निधन भएका गुरुङको नेपालमा बुवा आमा, दुई दिदी र एक दाजु रहेका छन् । 

   प्रकाशित मिती २०७४ साल श्रावण २५ गते बुधवार 

प्रतिक्रिया दिनुहोस्