Logo

कुमार कार्कीद्दारा एनअारएनए जापानकाे सदस्यमा उम्मेद्वारी घाेषणा

ज्याक खड्का दस्तावेज संवाददाता,श्रावण २१,शनिबार,२०७४  टोकियो जापान – गफ हाेर्इन काम गरेर देखाउने भन्दै रेष्टुरेन्ट व्यवसायी कुमार कार्कीले एनअारएनए जापानकाे सदस्य पदमा उम्मेद्वारी घाेषणा गरेका छन् । उनले कवितात्मक रचना मार्फत  ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुद समाज सेवामा समर्पित मेरो भावना, एनआरएनएमा गएर या नगएर भएपनि समाज सेवा गर्ने मेरो चाहना, भनेर अाफ्नाे सक्रियता र जिम्मेवारी दर्शाएका छन् ।

कार्कीले अन्य उम्मेदवारहरुको घोषणापत्र आफूले अध्ययन गरेको उल्लेख गर्दै लामो लामो पत्रमा उल्लेख गरिएका कम्तिमा दश प्रतिशत काम गरेर देखाउन पनि चुनौती दिएका छन् । उनले यो चुनावमा आफ्नो घोषणापत्र र कुनै नारा नभएपनि चुनाव जितेपछि काम गरेर सबैको प्रशंसाको पात्र बनेर देखाईदिने उल्लेख गरेका छन् ।

  कुमार कार्कीकाे कवितात्मक घाेषणापत्र,

 सम्पूर्ण जापानबासी दाजुभाई, दिदीबहिनी, बुवा आमामा ,नमस्कार ! तपाईंहरुलाई मेरो घोषणा पत्र पढेर अचम्म लाग्ला वास्तवमा मैले अहिलेसम्म देखेको कुरा समेटेर लेखेको छु । घोषणा पत्रमा होइन काममा विश्वास गरौ ! आशा छ यहाँहरुले अमूल्य मत दिएर बिजयी गराउनुहुने छ ! हार भएमा सहर्ष स्विकारी अझ सशक्त रुपमा सामाजिक सेवामा लागेर यहाँहरुलाई गरेर देखाउनेछु ।

 ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुत समाजसेवामा समर्पित मेरो भावना !

एनअारएनए मा गएर या नगएर भएपनि समाजसेवा गर्ने मेरो चाहना !!

सबैको ५-१२-१५-२१ बुँदे चुनावी घोषणा पत्र देखियो !

नारामा मात्र सिमित काम चै १०% पनि खेसियो !!

 छैनन कुनै नारा छैनन कुनै घोषणापत्र !

 सकेको सेवा गर्नेछु पार्ने छैन कसैलाई अलपत्र !!

छैनन सारा जापानबासी नेपालीहरु एनअारएनए प्रती ढुक्क !

आँट गर्दैनन कसैले आवाज उठाउन नमानेर सुख्ख !!

चाकरी चाप्लुसी टिके प्रथाको गरौ अन्त्य !

 त्यसो पनि होइन भने सबैको काम, ब्यापार छ्दै छन्त !!

 जय आत्मस्वाभिमान ! जय एनअारएनए अभियान !!

प्रतिक्रिया दिनुहोस्