Logo

सरोज कुमार खत्रीद्दारा एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी घोषणा, कुरा भन्दा काम र प्रतिवद्दता भन्दा परिणाममा केन्द्रित हुने दावी

ज्याक खड्का दस्तावेज संवाददाता,श्रावण २१,शनिबार २०७४  टोकियो जापान – यतिखेर जापानवासी नेपाली समुदायमा एनआरएनए जापानको निर्वाचनको सरगर्मी निक्कै बढेको छ । केहि दिनयता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट,उम्मेदवारी दिने क्रम जारी छ ।
 
 यसपटकको निर्वाचनमा पहिलो पटक जापानमा रहेका नेपाली विध्यार्थीहरुको पनि सहभागिता रहने भएकाले विशेष रुपमा लिईएको छ । विगतका भन्दा यस पटकको निर्वाचनमा कडा प्रतिस्पर्धात्मक हुने सम्भावना पनि बढेको छ ।
 
 यसैक्रममा, लामो समयदेखि जापानमा रहि,संस्थागत तथा व्यक्तिगत रुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा सरोज कुमार खत्रीले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कुराभन्दा काम, र प्रतिबद्धता भन्दा परिणाममा विश्वास गर्ने खत्रीले आफ्नो सामाजिक सञ्जालमा सम्पुर्ण जापानवासी नेपालीहरुमा यसरी अपिल गरेका छन ।
 
  ‘ जापानको लामो बसाई ,अध्ययन र अनुभबका साथ हालपनी जापानमा छु, तेसैले जापानमै हुनु भएका बिध्यार्थी साथीहरु, श्रमीक साथीहरुले भोग्नुभएका समस्यामा अहीले सम्म गर्दै आएका सहयोगका मेरा प्रयासहरुलाई अझै बढी र बृहत रुपमा एन आर एन ए जापान राष्ट्रीय कमीटीको उपाध्यक्षको पदमा बसेर ,एन आर एन ए जापानको १३ वटै क्षत्रको माध्यमबाट जापानबासी सम्पुर्ण नेपाली बिध्यार्थी र श्रमीक साथीहरुको समस्याको समाधानको निमीत्त अहीले भन्दापनी अझैनै खटीएर कामगर्दा अझै धेरै लाई सेवा गर्न सकीने कुराको मनन गरेर , तपाईहरु जापानबासी नेपाली दाजुभाई दिदी बहीनीहरु , अग्रज , पत्रकार मित्रहरु ,युवा-सहकर्मीहरु , बिध्यार्थी साथीहरु,श्रमीक मीत्रहरु, बौद्धीक बर्गहरुमा जानकारीका साथै हार्दीक अनुरोध गर्दछु । ‘ उनले अन्तमा लेखेका छन् – ‘ सधै झै तपाईहरुको साथ ,माया, हौंसला , सल्लाह र सुझाबको आशासमेत राखेको छु ,एकतानै बल हो ।’
 
 
प्रतिक्रिया दिनुहोस्