Logo

कतारमा कास्कीको १५ औं स्थापना दिवस मनाईयो

स्तावेज संवाददाता श्रावण १०, सोमबार,२०७४ – कतारमा कार्यरत कस्केलीको सामाजिक संस्था कास्की आदर्श सेवा समाजको १५ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा आदर्श स्मारिका बिमोचना गरियो ।

समाजका अध्यक्ष मन प्रसाद रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुतावासका दित्तिय सचिव नितेश सापकोटाले नेपालीको हितको पक्षमा दूतावासले आफ्नो भुमिका निर्वाह गरिरहेको वताए ।
स्मारिकाका सम्पादक विमल सुवेदीले स्मारिकाले प्रवासमा रहेर कास्कीसँग जोड्न पुलको भुमिका निर्बाह गरेको वताए ।

गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष नरेन्द्र भाटले स्थापना काल देखि नै कस्केली सामाजिक अभियन्ताहरु सामाजिक क्षेत्रमा कृयासिल रहदै आएको वताए ।  प्रवासी नेपाली मन्चका  अध्यक्ष चाणक पोख्रेलले आदर्श सन्देश स्मारिका सफलताको कामना गर्दै पोखराको पर्यटकीय गन्तव्यलाई कतारमा जानकारी दिनुपर्ने वताए ।

नेपाली जनसंपर्क समितिका महामन्त्री अजिज अलीले स्मारिका सामाजिक क्षेत्रमा कार्यरत सवैलाई उपयोगी र जानकारीमुलक रहेको बताए ।  फेवा सांस्कृतिक परिवारका कलाकारहरुले कास्की पोखरा र लोक संस्कृतिको सेरोफेरोमा रहेर सांगितिक कोसेलीहरु प्रस्तुत गरिएको थियो ।
 

 

प्रतिक्रिया दिनुहोस्