Logo

नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा २०४औं भानु जयन्ती मनाइयो

सिन्धु पौडेल , दस्तावेज संवाददाता श्रावण १,२०७४ – ईजरायल, राष्ट्रिय बिभुति नेपाली भाषी आदिकवि भानुभक्त आचार्यको २०४औ जन्म जयन्ती तथा तेश्रो रचना वाचन कार्यक्रम अध्यक्ष सानु गुरुङ ज्यू को अधक्ष्यतामा तेलअभीबमा भव्यताकासाथ सम्पन्न भएको छ।  विश्व नेपाली साहित्य महासंघ साखा इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत महामहिम श्री निरन्जन थापा ज्यू, प्रथम सचिब हरिहर कान्त पौडेल ज्यू र द्दितिय सचिब आस्था लिम्बु ज्यू  पाल्नुभएको थियो ।  प्रमुख अतिथिको आसन ग्रहण गर्दै राजदुत महामहिम श्री निरन्जन थापा ज्यूले पानसमा दिप प्रज्वलन गरि राष्ट्रिय गीत बजाएर आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । बिशेष अतिथिहरुमा एन. आर. एन .ए. इजरायलका अध्यक्ष दिपक ओली ज्यू साथै अन्य संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउनु भएका संस्थाका प्रतिनिधि अध्यक्ष ज्यूहरु ,कलाकार ,समाजसेवी,र संचारकर्मीहरुको उपस्थिति रहेको थियो र यस कार्यक्रमको संचालन संस्थाकी महासचिब अम्बिका याम्फु अनमोल ले गर्नुभएको थियो भने अथितिज्यूहरुलाई स्वागत गीत गाएर संस्थाका सदस्यहरु सानु खतिवडा, भीमा कार्की, र रेखा पन्त ज्यूले स्वागत गर्नुभएको थियो ।   

संस्थाकी सक्रिय सदस्य कल्पना चाम्लीगं राईले स्वागत मन्तब्य दिनुभएको थियो भने शुभकामना मन्तब्य सदस्य बसु श्रेष्ठले दिनुभएको थियो । भानुभक्तको बारे आलेख संस्थाकी सचिव विमला शर्मा ढुंगाना ज्यूले भन्नुभएको थियो । यसैगरि विशेष अतिथिहरु एनआरएनए इजरायलका अध्यक्ष श्री दीपक ओली ज्यू ,नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यू, साथै संस्थापक सल्लाहकार श्री कृष्ण रायमाझी ज्यू, तमु समाज इजरायलका प्रथम उपाध्यक्ष श्री निर्मला गुरुड.ज्यू,संघीय समाज इजरायलका अध्यक्ष श्री सुन्दर सिंह लामा ज्यू, प्रवासी नेपाली मज्चका अध्यक्ष श्री तीर्थ गौतम ज्यूहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । यसैगरी संस्थामा नयाँ सदस्यता लीनुहुने बिना लामा गुरुड.,रेखा पन्त ,सीता अधिकारी तिमील्सिना ,सम्झना पन्त ,लाई अविर र खादा लगाएर स्वागत गरिएको थियो । सम्पूर्ण साहित्यिक स्रष्टाहरुले आ -आफ्नो मीठा  मीठा श्रृजना वाचन गरेर कार्यक्रम साहित्यिकमय भएको थियो । स्रष्टाहरु शान्ती राई “स्मृति”,शान्ता खवास,सुरेन्द्र प्रसाद ,सावित्रा लुईटेल घिमिरे ,सानु खतिवड ,रेखा पन्त ,सम्झना पन्त,अनिता राई,भिमा कार्की,अम्बिका याम्फु”अनमोल,बसु श्रेष्ठ ,कल्पना चाम्लिङ , विमला शर्मा ढुंगाना,सिन्धु पौडेल,सानु गुरुड.आदि सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो । अन्त्यमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स-धन्यवाद दिदै सभापतिज्यूले कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्