Logo

नेपाली समुदाय युएईले २०४ औ भानु जयन्ती दुबईमा धुमधामसँग मनायो : श्याम कृष्ण

१४ जुलाई २०१७ , दुबई , युएई नेपाली समुदायले युएईमा २०४ औ भानु जयन्ती दुबईमा धुमधामसँग मनाएको छ । २०४ औं भानु जयन्तीको अवसरमा प्रवासी नेपालीहरुको सेवामा समर्पित, नेपाली समुदाय युएईले झन्डै दुई दर्जन श्रष्टाहरुको माझ खुल्ला रचना वाचन कार्यक्रम गरि धुमधामका साथ युएई, बर-दुबईको श्री राज लस्सी सेन्टरमा मनाएको छ । नेपाली समुदाय युएईका संरक्षक , श्री सौमेन्द्र सागर उपाध्याय द्दारा सभापतिको आसनबाट भानुको तस्बिरहरुमा पुजा अर्चना गरि श्री गणेश गरिएको कार्यक्रममा विशिष्ट अतिथिको सम्मानमा संचारकर्मी, प्रवासी अनलाइनका शेखर चापागाईं , अनलाइन खबरका रामप्रसाद ढुंगेल र प्रस्फुटन अनलाइनका पृथी छक बुढामगर गरि तीनजना पत्रकारहरुलाई, निस्पक्ष संचारका मार्फत समाज सेवा र साहित्यको बिकासमा बिशेष टेवा दिए बापत अध्यक्ष मुन प्रसाद गुरुङले सम्मान गर्दै कदर-पत्र प्रदान गर्नु भएको थियो।

      नेपाली समुदाय युएईका महासचिव श्याम कृष्ण द्दारा निर्मित “ नेपाली साहित्यमा भानु र उनको योगदान” शीर्षकमा देखाइएको वृतचित्रले सबैको मन छोएको भान हुन्थ्यो, साथै भानु द्दारा अनुवादित रामायणको मूल सार सहितको प्रवचन समुदायका सल्लाहकार, परम आनन्दबाट व्यक्त भएको कार्यक्रमको प्रमुख उत्कृस्ट भाग बुझिएको छ । कार्यक्रममा समुदायका अध्यक्ष , मुन गुरुङले नेपाली समुदायले बिगत २ बर्षदेखि निरन्तर सेवामा आफ्नो संस्था लागि परेको आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले अझै बेजोड प्रस्तुति दिने उल्लेख गर्दै सम्मानित हुने संचारकर्मीलाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। प्रवासको संघर्षपूर्ण जीवनमा पनि आफ्नो संस्कृति,साहित्य र देश प्रेमको ज्वलन्त उदहारण श्रष्टाहरु द्दारा पोखिएको गजल, गित, कबिता र व्यंगमा प्रस्ट देख्न सकिन्थ्यो । कोहि प्रेम , सम्बन्ध, वियोग र बैदेशिक जीवनका पसिना श्रृंगारिक शब्दका मार्फत ओकेली रहनु भएको थियो भने कोहि आफ्नो देशप्रेम , संस्कृति , राष्ट्रिय प्राकृतिक सौन्दर्यताको गुणगान गाइरहनु भएको थियो । साथमा कोहि आक्रोशित हुँदै  विकृतपूर्ण देशको राजनीतिक दुरावस्थामा कटाक्ष गर्दै हुनुहुन्थ्यो ।

   अभिव्यक्त सम्पूर्ण सिर्जना माथिको धाराप्रवाह र साहित्य विधा सहितको समिक्षात्मक टिप्पणी सम्मान्नित हुने संचारकर्मी श्री रामप्रसाद ढुंगेल ज्यूले गर्नु भएको थियो । समारोहमा रचना सहित श्रष्टा तथा सहभागीहरु, आर.पी सृजन, इन्द्र सिन्चुरी , सुरेन्द्र लामा, दिपेन्द्र बि.क, तिलक सापकोटा, सोनी भण्डारी, स्वस्तिक लामिछाने, प्रदिप ठकुरी, महेश श्रेष्ठ (साउदी) , सिनामे राजेश(साउदी), कृष अतृप्तीत, देवी प्रसाद पाण्डे, उपेन्द्र काफ्ले , रमेश क्षितिज, कृष्ण रायमाझी, संजय बुढाथोकी, बाबुराम नेपाली , सुर्यमान राई, सहदेव मंग्राती आदिले आफ्नो वाचन गर्ने अवसर पाएका थिए, र करिब ३ दर्जन जति सम्पूर्ण स्रस्टाहरुलाई सम्मान स्वरूप प्रसंशा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्