Logo

युएईमा सिर्जना वाचन डबलीको सातौं शृङ्खला सम्पन्न

बराज क्षितिज, दस्तावेज संवाददाता,श्रावण १,२०७४,आवुधावी युएई –  श्रष्टा भेटघाट र सिर्जना वाचन डबलीको सातौं शृङ्खला भानु जयन्तीको अबसरमा आवुधावी युएईमा भब्यताका साथ सम्पन्न भएको छ । बिगत एक बर्षदेखि हरेक दुई महिनामा निरन्तर सन्चालन भैरहने सिर्जना बाचन डबलीको यो कार्यक्रममा पत्रकार , समाजसेवी तथा साहित्यकार जे सागरको नवीन गजल संग्रह ” यत्ति भए पुग्छ” को लोकार्पण यु ए ई का लागि नेपालका कार्यबाहक राजदुत महामहिम नेत्र बहादुर टण्डनले गर्नुभएको थियो ।

    झन्डै ४० जना श्रष्टा सर्जकहरुको उपस्थिति रहेको सो कार्यक्रममा यु ए ई मा कृयाशिल पत्रकारहरु, समाजसेवी तथा श्रोता दर्शकहरुले सभाहल भरिएको थियो । प्रवासमा रहेर पनि, नेपाली साहित्यमा निरन्तर लाग्नुभएका गजलकार जे . सागरको नवीन गजल संग्रह “यत्ति भए पुग्छ” माथि पत्रकार उमाकान्त पाण्डेले चर्चा गर्नुभएको थियो ।

    आवुधावी स्थित फेबराईट होटलको सभा हलमा भएको सो कार्यक्रममा नेपाली भाषा साहित्य , संस्कृति र आदिकवी भानुभक्त आचार्यको बारेमा महामहिम राजदुत नेत्र बहादुर टण्डनले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

श्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीका संरक्षक तथा अग्रज गजलकार टक गुरुङको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा ४० भन्दा धेरै श्रष्टा सर्जकहरुले गजल ,कविता तथा छन्द कविताहरु वाचन गरेका थिए । मध्यान्ह बाह्रबजेदेखि करिब पाँच बजेसम्म चलेको सो कार्यक्रमको सन्चालन नबराज क्षितिजले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्