Logo

एनआरएनए जापान कान्तोको संयोजकमा सर्वसम्मतिबाट नवीन न्युरे निर्वाचित

स्तावेज संवाददाता,असार २६, सोमबार,२०७४ टोकियो जापान – गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको ५ औ अधिवेशनले कार्यसमितिको संयोजकमा नवीन न्युरेलाई चयन गरेको छ । आईतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टर सम्पन्न भएको अधिवेशनवाट रविन शर्मा र आकाश लामा सचिवमा अनुजराज,कान्ता क्षेत्री ,कोषाध्यक्षमा राकेश रुम्वा ,सदस्यहरुमा केशव प्रसाद पौडेल,सुनिता महर्जन ,यादव केसी,कृतन वहादुर थापा,अखिल लामा ,अनिल पन्त,पूजन लामा चयन भएका छन् ।  

 सहसचिवमा दिपेश खत्रीलाई सहमति जुटाए पनि ३ जनाको आकांक्षा भएपछि विवाद भएको थियो । घोषणा सभामा केहि विवाद भए पनि सहमतिमा घोषणा भएको निर्वाचन समितिको संयोजक शालिकराम भण्डारीले जानकारी दिनुभयो । उक्त अधिवेशनमा जापानस्थित टोकियोवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्