Logo

गैर आवासीय नेपाली संघ डेनमार्कको साधारण सभा तथा चौथो महाधिबेशन आगामी सेप्टेम्बर १६ तारिखमा

सार ९ , २०७४, कोपेनहेगन डेनमार्क – गैर आवासीय नेपाली संघ डेनमार्कले आगामी सेप्टेम्बर १६ तारिख शनिबारका दिन संघको साधारण सभा तथा चौथो महाधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अधिबेशन सम्पन्न गर्नको लागि गैर आवासीय नेपाली संघ डेनमार्क का अध्यक्ष श्री दिपेन्द्र चुडालको संयोजकत्वमा सम्पुर्ण कार्यसमिति का पदाधिकारीहरु तथा सदस्यहरु यसका सदस्य रहने गरी महाधिबेशन ब्यबस्थापन समिति तथा भुतपुर्ब अध्यक्ष अनि सल्लाहकार श्री मोहन राज मिश्रको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन समिति गठन गरिएको  गैर आवासीय नेपाली संघ डेनमार्कले प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ । चौंथो अधिबेशनमा भाग लिनको लागि आगामी अगस्ट १५ तारिख सम्मको लागि सदस्यता खुलेको समेत सर्बसाधारणलाई जानकारी गराईएको छ ।

 गैर आवासीय नेपाली संघ डेनमार्कको चौथो अधिबेशनमा भाग लिनको लागि देहाय बमोजिमका रित पुगी सदस्यता शुल्क तिरेका व्यक्तिहरु पंजीकृत सदस्य बन्न सक्नेछन् ,

क ) गैर आवासीय नेपाली संघ को केन्द्रिय बिधान २००३ (२०१५ को संशोधन सहित ) को परिच्छेद ४ को धारा ७ उपधारा १ बमोजिम योग्यता पुगेको हुनुपर्नेछ । जस अनुसार डेनमार्कको बसाई अबधी २ बर्ष पुरा भएको हुनुपर्नेछ। दुइ बर्ष भन्दा बढी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गतका मुलुकहरु बाहेक अन्य देशहरुमा नेपाल सरकारबाट खटिई विदेश स्थित नेपाली नियोगहरुमा बहाल रहेको र विदेश स्थित शिक्षण संस्थाहरुमा अध्ययनरत रहेका नेपाली नागरिक बाहेक, पेशा, रोजगारी तथा ब्यबसाय गरी बसोबास गर्ने नेपाली नागरिक वा नेपाली मूलका बिदेशी नागरिक यस संघका साधारण सदस्य हुनेछन्।
ख ) सदस्यता बापत १५० डेनिश क्रोनर सदस्यता शुल्क बुझाउनुपर्नेछ ।
ग ) सदस्यता लिनको लागि १८ बर्ष उमेर पुगेको नेपाली नागरिक वा नेपाली मूलको बिदेशी नागरिक हुनुपर्नेछ ।
घ ) सदस्यता फाराम भरि पासपोर्टको फोटोकपी वा ड्राईभिङ्ग लाइसेन्सको फोटोकपी अनिबार्य रुपमा
  बुझाउनुपर्नेछ। 

 सम्पूर्ण डेनमार्कबासी दिदीबहिनीहरु तथा दाजुभाइहरुमा पंजीकृत सदस्यता समयमै लिन गैर आवासीय नेपाली संघ डेनमार्कले हार्दिक अनुरोध गरेको छ । फाराम डाउनलोड गरी प्रिन्ट गरेर भरि कार्यसमितिका कुनैपनि सदस्यलाई बुझाउन र सदस्यता शुल्कको लागि गैर आवासीय नेपाली संघ डेनमार्कको एकाउन्ट(Reg. No.: 2128, Konto No. 4387231264)मा रकम जम्मा गर्न सकिनेछ ।

फाराम डाउनलोड गर्ने लिंक

http://www.denmarknepal.net/images/event2017/NRNA-Membership-Form-2017.pdf

प्रतिक्रिया दिनुहोस्