Logo

जापानी सम्राट अकिहितो समक्ष जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो ओहोदाको प्रमाणपत्र पेश

स्तावेज संवाददाता ,२०७४ असार ८ , जुन २२ गते बिहिबार,टोकियो जापान – जापानी सम्राट अकिहितो समक्ष जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । उहाँले एक विशेष समारोहकाबीच राजप्रासादमा प्रमाणपत्र पेश गर्नुभएको हो । सो अवसरमा राजदूत राणाले राष्ट्रपति बिध्यादेवी भण्डारीले सम्राटको व्यक्तिगत सुस्वासथ्य तथा सुखको कामना गर्दै पठाउनुभएको सन्देश सुनाउनुभएको थियो ।

 त्यस क्रममा सम्राट अकिहितोले राजदूत राणालाई जापानका लागि नेपालको राजदूत हुनुभएकोमा बधाई दिनुभएको थियो । त्यस्तै सम्राटले राष्ट्रपति बिध्यादेवी भण्डारीलाई व्यक्तिगत सुस्वास्थ्य तथा नेपाली जनताको उन्नति र प्रगतिको कामना गर्नुभएको थियो । सम्राट अकिहितोले सो अवसरमा दुई देश बीचमा रहेको सौहार्द सम्बन्धलाई राजदूत राणाले थप अभिवृद्धि गर्न सफल हुने विचार व्यक्त गर्दै यस वर्ष जापानको कुमामोतोमा गएको भूकम्पका बेला नेपाली जनता र सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको थियो ।

       राजदूत राणाले सम्राट समक्ष नेपाल र जापान बीच रहिआएको निकट तथा सौहार्द सम्बन्धलाई थप मजबुत पार्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो । त्यस क्रममा उहाँले २०१५ मा नेपालमा गएको भूकम्पपछि पुनःनिर्माणको जानकारी गराउँदै जापानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । ओहदाको प्रमाणपत्र प्रस्तुत गने विशेष कार्यक्रममा जापानको आन्तरिक मामिला तथा संचारमन्त्री कसेने ताकाइची, नेपाली दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्दितीय  सचिव टोपनारायण गिरी र तृतीय सचिव रेवन्त केसीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्