Logo

नेपाली दूतावास अमेरिकाको घुम्ती कन्सुलर सेवा

जुन ४,वाशिंटन डि.सी.,अमेरिका – नेपाली दूतावास अमेरिकाले हालै क्यालिफोर्नियाका दुई शहरहरुमा घुम्ती कन्सुलर सेवा प्रदान गरिएको छ । नेपाली दूतावासका द्वित्तिय सचिव चक्र कुमार सुवेदीले नेपाली दूतावासको प्रतिनिधित्व गर्दै सानफ्रान्सिस्को एरिया तथा लस एन्जेलसमा कन्सुलर घुम्ती सेवा प्रदान गरेका थिए । द्वित्तिय सचिव सुवेदीवाट प्राप्त जानकारी अनुसार लस एन्जेलसमा ५५ जनाले तथा सानफ्रन्सिस्कोमा ११८ जनाले प्रत्यक्ष सेवा प्राप्त गरेका थिए ।
      अमेरिकाको भौगोलिक फैलावट विशाल भएको तथा नेपालीहरुको फैलावट पनि अमेरिकाको सवैजसो राज्यमा भएकाले वाशिंटन डिसी सम्म दूतावासको सेवा लिन नेपालीहरुलाई आर्थिक तथा समय दुवै कारणले कठिनाइ रहेको छ । यस्तो घुम्ती सेवाले सर्वसाधारण नेपालीलाई ठूलो राहत पुग्ने देखिन्छ ।
    अमेरिकाका लागि नेपाली राजदूतको कार्यभार डा. अर्जुन कुमार कार्कीले सम्हालेपछि कन्सुलर घुम्ती सेवा प्रदान गरिऐको यो तेश्रो अवसर हो । यसअघि गत वर्ष नासा एन्माको संयुक्त सम्मेलनका अवसरमा मिजौरी राज्यको सेण्ट लुइसमा तथा गत अप्रिल २९ तथा ३० मा सियाटलमा इकोनोमिक डिप्लोमेसीको लगानी सम्वन्धी कार्यक्रम तथा अनरेरी काउन्सिल कार्यालय खोल्ने सन्दर्भमा आयोजित कार्यक्रमको सिलसिलामा समेत घुम्ती कन्सुलर सेवा नेपाली दूतावासको तर्फवाट प्रदान गरिएको थियो ।
    नेपालीहरुको जनघनत्व वढी भएको ठाउँहरुमा यस किसिमको घुम्ती सेवाहरु राजदूतावासले नियमित रुपमा प्रदान गर्न सके धेरै भन्दा धेरै नेपालीहरु लाभान्वित हुने देखिन्छ ।

 श्रोत,विश्वपरिक्रमा 

प्रतिक्रिया दिनुहोस्