Logo

युएईमा नेपाली गतिविधिको सुक्ष्म निगरानी

वैशाख २१, २०७४- संयुक्त अरव इमिरेट्स (युएई)को सरकारी निकायले नेपालीको गतिविधिलाई शुष्म ढंगले निगरानीमा राखेको जनाउदै नेपाली दूतावासले सावधानी अपनाउन नेपाली समुदायलाई अनुरोध गरेको छ । 

दूतावासले राजनैतिक सभा सम्मेलन, गोष्ठीको साथै सामाजीक सञ्जालमा मानहानी हुने, सार्वजनिक अपमान हुने टिकाटिप्पणी समेत नगर्न नेपाली समुदायलाई सचेत गरेको छ । युएईमा राजनैतिक, धार्मिक, जातिया र जिल्लागत गरी झन्डै सय भन्दा बढी सस्थाहरु क्रियाशील छन् । 

दूताबासका अनुसार युएईको आवसीय कानुन तथा साइवर अपराध कानुनको उलंघन गर्नेलाई देशनिकाला, आजन्म कैद, ५० हजार देखि ३० लाख दिरामसम्म सजायको ब्यबस्था छ ।  
  

प्रतिक्रिया दिनुहोस्