Logo

घले दम्पती अष्ट्रेलियाका १ सय १ औं धनी

स्तावेज संवाददाता ,जेष्ठ १२ काठमाण्डौं – बिकट जिल्ला लमजुङमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपाली मुलका अष्ट्रेलियाली व्यवसायी शेष घले र उनकी श्रीमती जमुना घले सन् २०१७ को विलिनियर सूचीमा यसबर्षपनि छनौट भएका छन् । बर्षैदेखि अष्ट्रेलियामा व्यवसाय गरेर बसेका शेष घले र उनकी श्रीमती जमुना घलेलाई अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले अष्ट्रेलियाको २ सयौं धनि बर्गको सूचिमा राखेको छ । उनिहरु गत २०१६ को भन्दा ५ स्थान माथि उक्लिंदै १ सय १ र २ औं स्थानमा परेका छन् । 

      अष्ट्रेलियाको आर्थिक कारोवारको गणना गर्ने पत्रिकापत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । हालसालै प्रकाशित सूचीअनुसार घले दम्पती ६ सय ४७ मिलियन अष्ट्रेलियन डलरसहित उक्त स्थानमा परेका छन् । पत्रिकाका अनुसार उनीहरुको कूल सम्पती एक बर्षको अवधिमा १० दशमलव ४ प्रतिशतले बढेको छ । गतबर्ष १ सय ५ औं स्थानमा रहेका उनीहरुको कूल सम्पती ५ सय ८६ मिलियन डलर रहेको थियो । 

       प्रवासी नेपालीहरुको संगठन एनआरएनको केन्द्रिय अध्यक्ष समेत रहेका घलेको मुख्य ब्यवसायको रुपमा मेलवर्नमा रहेको शैक्षिक संस्था मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी हो भने त्यस बाहेक घरजग्गा लगायतका ब्यवसायमा समेत उनी सफल बनेका छन् । उनले मेलवर्नको भिक्टोरिया मार्केटमा दुईवटा भवनमा ४७० अर्पाटमेन्ट र २ सय १० कोठा भएको होटल निर्माणका लागि अनुमती लिइसकेको पत्रिकाले जनाएको छ । नेपालमा गएको महाभुकम्प पश्चात अधिकांश समय नेपालमै बिताएका उनीहरुले भुकम्प पीडितहरुलाई निर्माण गर्ने भनिएको १ हजार घर निर्माणमा लागिपरेका छन् । यसका लगायत उनीहरुले नेपालमा पनि अरबौं रुपैयाको लागतमा होटल निर्माण शुरु गर्ने बताईसकेका छन् ।

      करिब दुई दशकअघि विध्यार्थीको रुपमा अष्टेलिया प्रवेश गरेका श्री घलेले सुरुवाती समयमा सामान्य कामदार सरह सरह नै काम गरेका थिए । अथक मेहनत र परिश्रमको वावजद उनीहरु आज यो स्थानसम्म आईपग्न सफल भएका छन् । आफ्नो व्यवसायलाई एकै स्थान र एकै क्षेत्रमा मात्र सीमित नराखि भावी दिनहरुमा नेपाल लगायत अन्य मुलुकमा पनि आफ्नो व्यवसाय बिस्तार गर्ने घले दम्पतीको लक्ष्य रहेको छ । उनले ब्यवसायलाई एकै स्थानमा केन्द्रित गर्नुभन्दा पनि विविधता दिनसक्नुपर्ने बताएका छन् ।

     आफूले गरेको काममा लगन र विश्वास र मेहनतका साथ लागिपर्ने हो भने सफलता प्राप्त गर्न समय नलाग्ने शेष घले दम्पतीको ठहर छ । एनआरएनमा दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका सफल व्यवसायी शेष घलेको इन्ष्टिच्युटमा विजनेश, आइटी, एकाउन्टिङ्ग लगायतका विषयमा स्वदेशी र विदेशी गरेर सयौं विध्यार्थीहरु अध्ययनरत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्